Comments Add Comment

कुनामा बसेर रुँदैमा राष्ट्रिय स्वाधिनता जोगिंदैनः प्रचण्ड

'अरुलाई सत्तोसराप नगरी आँधी बेहरीसँग जुधौं'

prachanda२४ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बाहिर र सडकमा भएका दललाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा आउन आग्रह गरेका छन् । राष्ट्रिय एकता र स्वाधिनताका लागि सबै राजनीतिक दल एक ठाउँमा आउन जरुरी रहेको प्रचण्डले बताए ।

एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघको ५ औं राष्ट्रिय सम्मेलनलाई शुक्रबार राजधानीमा सम्वोधन गर्दै प्रचण्डले भने, ‘स्वाधिनताका लागि राष्ट्रिय एकता चाहियो । एउटा कुनामा बसेर रोएर राष्ट्रलाई बचाउन सकिन्छ भनेर ठान्नु जत्तिको ठूलो भ्रम अरु केहि हुनैसक्दैन ।’

आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई लक्षित गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिनताका लागि अरुलाई सत्तो सराप नगरी राजनीतिको केन्द्रविन्दुमा आएर आँधी बेहरीसँग जुध्न चुनौति दिए ।

बहुमतीय सरकार हुने संकेतका कारण आफू पछि हटेको दोहोर्‍याउँदै प्रचण्डले वर्तमान गठबन्धनमै रहने प्रष्ट पारे ।

समाजमा देखिएको विकृति, विचलनविरुद्ध फेरि एकपटक संघर्ष आवश्यक रहेको भन्दै प्रचण्डले त्यसको तयारी गर्न पनि सबैलाई आग्रह गरे ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment