Comments Add Comment

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

Gunbahadur-Thapa

२३ वैशाख, काठमाडौं । बैंकिङ कसुरमा प्रहरीको फरार सूचीमा रहेका गुनबहादुर थापालाई सिआइबीले पक्राउ गरेको छ ।

२०६८ सालमा चितवनको नारायणी बिकास बैंकबाट विभिन्न व्यवसायको लागि लिएको ऋण नतिरी फरार भएको भन्दै जिल्ला प्रहरी कार्यलय चितवनको फरार सूचीमा परेका थापालाई सिआइबीले शुक्रबार पक्राउ गरेको हो ।

सिआइवीले पक्राउ गरेर चितवन पठाएका थापालाई जिल्ला प्रहरी कार्यलय चितवनले फरार मुद्धामा अदालत पेश गरेको थियो । पुनरावेदन अदालत हेटौंडाले थापालाई पुर्पपक्षको लागि थुनामा पठाएको छ ।

थापाले २०६८ साल चैत २४ गते संचालकहरुको समेत मिलेमतो गरी नारायणी बिकास बैंकको नारायणगढ शाखाबाट लिएको ऋण नतिरेको भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो ।

राष्ट्र बैंकको अनुमतिमा अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यलयलय बैंकका संचालक सहित थपा विरुद्ध मुद्धा दायर गरेको थियो । पुनरावेदन अदालत हेटौंडाको आदेशमा  बैंक संचालक समितका तत्कालिन अध्यक्ष दिव्यकुमार श्रेष्ठसहितले कार्वाही भुक्तान गरिसके पनि थापा भने फरार थिए । पहिलो पटक १ करोड १५ लाख र दोस्रो पटक ३२ लाख ऋण लिए नतिरेको आरोपमा प्रहरीले मुद्धा दायर गरे पनि थापा फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment