Comments Add Comment

भोलि ग्रान्डी अस्पतालले पत्रकारको निःशुल्क स्वास्थ्य जाँच गर्ने

grandie-journalist
२४ वैशाख, काठमाडौं । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा भोलि काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण शिविर गर्ने भएको छ ।

सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघसँगको सहकार्यमा सञ्चालन हुन लागेको स्वास्थ्य परीक्षण शिविरमा ग्रान्डी अस्पतालका जनरल मेडिसिन, इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी, ग्याष्ट्रोइन्टेरोलोजी तथा दन्त विभागका विशेषज्ञ चिकित्सक को टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनेछ ।

त्यसैगरी सिबिसी, युरिन डिपिस्टिक टेष्ट, रेन्डम सुगर ग्लुकोमिटर टेष्ट लगायतका प्रयोगशाला जाँचहरु समेत स्वास्थ्य परिक्षण कार्यक्रम स्थलमा नै उपलब्ध हुनेछ । स्वास्थ्य परीक्षण कार्यक्रम काडमाडौंको तिलगंगा संचारग्रामस्थित पत्रकार महासंघको भवनमा विहान आठबजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

शिविरमा ग्रान्डी अस्पतालका एमडी इन्टरनल मेडिसिन तथा डिएम ग्याष्ट्रो इन्टेरोलोजी डा. एके कश्यप, एमडी इआर मेडिसिन डा. संजय कार्की, एमडी इन्टरनल मेडिसिन डा. सन्देश पन्थी, एमडी नेफ्रोलोजी डा.उपेन्द्र जोशी   तथा कन्सल्ट्यान्ट डेन्टल सर्जन डा. मध्या भन्डारी लगायतको टिमले पत्रकार तथा संचारगृहमा कार्यरत कर्मचारीको स्वास्थ्य परीक्षण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment