Comments Add Comment

ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार: गच्छदार

Bijaykumar-Gachhadar

२४ वैशाख, इटहरी । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकारले मात्र देशमा उत्पन्न सबै खाले समस्याको समाधान दिन सक्ने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा पार्टीले आफ्नो सम्मानमा अयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पनि राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना रहेको बताए ।

उनले सरकार ढाल्ने र नयाँ गठन गर्ने खेलले कहिल्यै नेपालको भलो सम्भव नहुनेतर्फ आफूले सबै ठूला राजनीतिक दलको ध्यानाकर्षण गराएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment