Comments Add Comment

लुम्बिनी बैंकको ग्वार्को शाखा कलंकीमा सारियो

Lumbini-Bank,-Kalanki--Tinthana२४ वैशाख, काठमाडौं । लुम्बिनी बैंक लिमिटेडले ललितपुरको ग्वार्कोमा रहेको शाखा कलंकीको तिनथानामा सारेको छ ।

ग्वार्को शाखा शुक्रबारदेखि  चन्द्रागिरी नगरपालिका- २५ तीनथाना स्थानान्तरण गरेको बैंकले जनाएको छ ।

उक्त नयाँ शाखा भवनको उदघाटन शुक्रबार बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ गरे । सो अवसरमा बैंकका सञ्चालक समितिका सदस्यहरु तथा बैंकका प्रमुख कार्यकारी अधिकृतको समेत उपस्थिति थियो ।

यस शाखाबाट सबै ग्राहकवर्गले सबै किसिमका बैकिङ सुविधा प्राप्त गर्न सक्ने बैंकले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment