Comments Add Comment

रसियाको डाक्टरी पढाइ छाडेर बाख्रा र कुखुरा पाल्दै थापा

bakharapalan
२४ वैशाख, रामपुर (पाल्पा) । मदनपोखरा– ९ तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन् । एमबिबिएस पढ्नका लागि रसिया पुगेका थापाले डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु गरेका छन्।

सात वर्षसम्म रसियामा एमबिबिएस पढ्दै गर्नुभएका थापाले रु २१ लाख खर्च गरे । “गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरी गाउँ नै हराभरा बनाएको देखेपछि पढ्न भन्दा नि व्यवसाय गर्ने मन जाग्योे” उनले भने- “परिवारको सोच डाक्टरी पढाइतिर भए पनि मेरो मन एक्कासि बदलियो, बीचमै पढाइ छाडेर घर फर्केर बाख्रा र कुखुरापालन व्यवसायमा हात हाले ।”

थापाको सानैदेखि नै पशुपालन गर्ने इच्छा थियो । “डाक्टरी पढेर विदेशमै अरुको सेवा गर्दै मलाई ठिक्क हुन्थ्यो, तर परिवार र गाउँबाट म सधैँ टाढा हुन्थे,”उनले भने। विदेशी जीवन भन्दा गाउँले जीवन वेश लागेर पशुपालन व्यवसाय सुरु गरेको थापाको भनाइ छ ।

थापाले १५ लाख रूपैयाँको लगानीमा बाख्रा फार्म तथा कुखुरा फार्म सञ्चालन गरेका छन् । फार्ममा ५७ वटा जमुनापारी, खरी र वयर जातका बाख्रा रहेका छन् भने स्थानीय कुखुरालाई संरक्षण गर्ने उद्देश्यका साथ ४०० कुखुरा समेत उनले पालेका छन् ।

गाउँमै बसेर व्यवसाय गर्न थालेपछि व्यवसायतर्फ झन् हौसला बढ्दै गएको उनको भनाइ छ । यस व्यवसायबाट थापाले वार्षिक सात लाखदेखि आठ लाख रूपैयाँसम्म आम्दानी गरिररहेका छन् ।

व्यवसायमा हौसला बढाउनका लागि जिल्ला पशुसेवा कार्यालयले कुखुरा संरक्षण कार्यक्रमअन्तर्गत २० हजार रकम उपलब्ध गराएको प्राविधिक शेरबहादुर रानाले बताए । पछल्लो समय जिल्लामा पशुपालन तथा तरकारी खेतीमा शिक्षित युवाको आकर्षण बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment