Comments Add Comment

भारतका लागि नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय

Deep-Kumar

२५ वैशाख, काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सरकारलाई असहयोग गरेको तथा सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउँदै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले बतायो ।

सरकारले राजदूत उपाध्यायको राजीनामा मागेको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न चाहेपनि सम्भव भएन ।

र, उनले राजीनामा नदिने बरू सरकारलाई सुविधाको निर्णय गर्न सुझाव दिए ।

लगतै मन्त्रिपरिषद्ले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको स्रोतले बताएको छ ।

भारतका लागिराजदूत उपाध्यायले सरकारलाई जानकारी नदिई कैलाली र कञ्चनपुरमा भारतीय राजदूत रणजीत रायसँग मिलेर कार्यक्रम गरेको आरोप पनि लगाइएको छ । परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई दूतावास छाड्ने र नेपाल भारत आउजाउ गरेको आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय गरेको उच्च स्रोतले अनलाइखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment