Comments Add Comment

बादलले बैद्यलाई मनाउन सकेनन्, प्रचण्डसँग एकताका लागि बैद्य माओवादीमा फुट !

३१ वैशाख, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य अन्तत एकीकृत नेकपा माओवादीसँग पार्टी एकता प्रक्रियामा नआउने भएका छन् ।
र, अब प्रचण्ड माओवादीसँग एकताका लागि बैद्य माओवादीमा फुट निश्चित भएको छ ।

Mohan-baidhya-Kiranपार्टी अध्यक्ष बैद्यसँग अन्तिम पटक वार्ता गर्ने भन्दै तत्कालीन महासचिव रामबहादुर थापा बादल समूहले २८ गते बोलाएको बैठक स्थगित गरेको थियो । यससँगै बैद्य माओवादीको फुट टरेको थियो ।

तर, बैद्य पार्टी एकताका लागि सहमति नभएको बादल निकट एक नेताले बताएका छन् । र, बैद्यले जेठ १ गतेका लागि बोलाइएको बैठक स्थगित गरेका छन् । बादलले एमाओवादीसँग १२ बुँदे सहमति गरिसको भन्दै बैद्यले यस्तो अवस्थामा बैठक गर्नु उचित नहुने बताएका छन् ।

एकता पक्षधरले भने भने भोलि जेठ १ गते बादलको नेतृत्वमा केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको छ । स्रोतले भन्यो, ‘त्यो बैठकमा मोहन बैद्य आउनु भए संयुक्त बैठक हुन्छ । नभए पार्टी एकताबारे निर्णय हुन्छ ।’

बादल समूहले भने जस्तो यो बैठकमा पार्टी अध्यक्ष बैद्य आउने सम्भावना छैन । किनकी बैद्य आफैंले २ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

एमाओवादीका एक उच्च नेताले पनि बैद्य एकतामा नआउने पक्का भएको बताए ।

बैद्य माओवादीको बादल समूहसँगै, मातृका यादव र मणि थापाको पार्टी र नेतृ जयपुरी घर्ती एमाओवादीमा समाहित हुँदैछन् । पार्टी एकताको घोषणा जेठ पहिलो सातामा गर्ने तयारी भइरहेको एक नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment