Comments Add Comment

‘होमवर्क’मा आर्यनको डबल रोल आवश्यक थियोः निरक पौडेल

भन्छन्-'पछिल्ला चलचित्रका लागि हाम्रो होमवर्क पुगेन'

aaryan and nirak paudel
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘होमवर्क’ । आर्यन सिग्देललाई बाबु र छोरा बनाएर निर्देशक निरक पौडेलले यो चलचित्र निर्देशन गरेका छन् । करिब साढे २ बर्षको होमवर्क गरेर निरकले यो चलचित्र बनाएका हुन् । आखिर के हो त चलचित्रको अपिलिङ ?  हामीले निरकलाई पहिलो प्रश्न यही सोधेका छौ ?

यो एउटा सरल कथामा बगेको चलचित्र हो । दर्शकलाई चलचित्रले इमोशनल जर्नीमा लिएर जान्छ । यसको टार्गेट अडियन्स यही नै हो भन्ने छैन । सबै बर्गका दर्शकले चलचित्र हेरेर रमाउन सक्छन् । यसको बिषयवस्तु र प्राविधिक कुरा पनि बलियो छ । आर्यनको डबल रोल, त्यसका लागि गरिएको मेकअप दर्शकका लागि नयाँ र रोचक लाग्न सक्छ ।

निरकलाई दोश्रो प्रश्न, बाबुको भूमिकामा आर्यन नै किन ? अरु कुनै कलाकार राख्न सकिदैनथ्यो ?
यसको कथावस्तु नै त्यस्तो छ । बाबु र छोराको सोच मिल्दैन तर अनुहार मिल्छ । चलचित्रमा आर्यनले काम गर्दा पनि मेरो सोच मिल्दैन तर अनुहार मिल्छ भन्ने वुझेर काम गरेका छन् । मेरा लागि र आर्यनका लागि पनि च्यालेन्जिङ होस् भन्नका लागि यसरि कथा बुनिएको हो । चलचित्र हेरेपछि दर्शकले हामीले होमवर्क गरेको रैछौ भनेर भन्नुहुनेछ । नायक आर्यन सिग्देल पनि यही कुरामा खुशी छन् । उनले आफ्नो करिअरको कोशेढुंगाको रुपमा यो चलचित्रलाई हेरेका छन् ।

चलचित्रको टिजर र ट्रेलर हेर्दा कता-कता यो शिक्षा सम्बन्धी सन्देश दिने चलचित्र रहेछ भन्ने जस्तो पनि लाग्छ नी ?
हामीले प्रमोशनको आ-आफ्नै तरिका बनाएका छौ । हामीले टिजर छाड्दा मल्टिप्लेक्सका दर्शकलाई लक्षित गरेका थियौ । पछि ट्रेलरलाई कमर्सियल बनाउने प्रयास गर्‍यौ । ट्रेलर हेरेपछि दर्शकले यो शिक्षाको मात्र कथा रहेनछ भन्ने वुझुन् भन्ने लागेको थियो, त्यसमा हामी सफल भयौ ।

‘कुसुमे रुमाल २’ निर्देशन गरेपछि लामै समय लगाउनु भयो नि चलचित्र बनाउन, किन समय लाग्यो ?
होइन म २ बर्षजति संस्थाको काममा नै व्यस्त भएँ । यसपछि साढे २ बर्ष यसको होमवर्क गर्न नै समय लाग्यो ।

गोपिकृष्ण मुभिजले बनाएका पछिल्ला केही चलचित्र पूर्ण असफल बने, यो चलचित्रलाई त्यो ब्रान्ड जोगाउने चुनौती पनि छ हैन ?
विगतको २-३ वटा चलचित्र हामीले सफल बनाउन सकेनौ । सायद, होमवर्क कम गरियो होला । यसमा हामीले धेरै होमवर्क गरेका छौ, सफल हुनेमा विश्वस्त छु ।

तपाइलाई यो चलचित्रले पैसा कमाओस् भन्ने छ कि निरकले राम्रो काम गरेछ भनेर तारिफ आओस् भन्ने छ ?
मलाई यो चलचित्र चलोस् भन्ने चाहना छ । यसबाट करोडौ रुपैयाँ कमाउछु भन्ने छैन । तर, जब चलचित्र सकिएपछि निरक पौडेलको चलचित्र भनेर नाम आउँछ नि, त्यतिबेला दर्शकले ताली पिटुन् भन्ने लाग्छ ।

चलचित्रबाट दर्शकले के आशा गर्ने ?
यो चलचित्रले दर्शकलाई एउटा भावनाको यात्रामा लिएर जान्छ । यसमा कमर्सियल बिषय त छदै छ । साथमा सन्देश पनि दिन्छ । यसैले दुबै कुराको आशा गरेर दर्शक आउनु भयो भने निराश हुनुहुन्न ।

अन्त्यमा दर्शकलाई तपाइको सन्देश के छ ?
दर्शकले जुन तरिकाले ट्रेलर हेरेर आशा राख्नु भएको छ, त्यसमा निराश हुनुहुन्न । जुन आशा चलचित्रप्रति छ त्यो लिएर आउनुहोस् । आशा गरेअनुसारको चलचित्र पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment