Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारणसभा

banijya-agm
३ जेठ काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औं वार्षिक साधारणसभा काठमाडौमा भएको छ  । बैक सञ्चालक समितिका अध्यक्ष डा. रवीन्द्रप्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष डा. पाण्डेले बैकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख पुगेको जानकारी दिए ।

साधारण सभाले अध्यक्ष डा.पाण्डेले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष ०७१/०७२ को वाषिर्क प्रतिवेदन  पारित गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

उनले राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रको असहज अवस्थाकाबीच आफूले प्रमुख कार्यकारीको जिम्मेवारी बहन गरेको स्मरण गराए ।

श्रेष्ठले आफ्नो कार्यकालको ४ वर्षभित्र कारोवार, मुनाफा, सेवाको गुणस्तर, वित्तिय पहुँच तथा समावेशिता र सार्वजनिक उत्तरदायित्व बहन लगायतका सबै आधारमा देशको पहिलो बैक बनाउने प्रतिवद्धता गरे ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा २०२२ सालमा स्थापित बैकको देशका ६८ जिल्लामा १६६ शाखा ,१६ काउन्टर  र ६८ ब्रान्चलेस बैंकिङ सञ्जाल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment