६ जेठ, काठमाडौं । राजधानीमा बिहीबारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनमा भाग लिन २८ मुलुकबाट ३८५ जना पाहुनाहरु आएका छन् ।
सम्मेलनको विहान प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे । बौद्ध सम्मेलनमा भाग लिन आएका स्वदेशी विदेशी पाहुनाले यतिबेला ताहाचलस्थिती सोल्टी होटल भरिभराउ भएको छ ।