Comments Add Comment

‘श्रीमतिसँग आर्यन पुग्दा प्रेमीसँग नम्रता(फोटो फिचरसहित)

namrata shrestha
चलचित्र ‘होमवर्क’ आजबाट देशभरका हलमा रिलिज भएको छ । चलचित्र रिलिज हुनु अगाडि यसको भव्य प्रिमियर काठमाण्डौको गोपिकृष्ण हलमा गरिएको छ ।

भव्य सेट लगाइएपनि पानीका कारण प्रिमियर खलबलिएको थियो । पानीका कारण कलाकारहरु छात्ता ओड्दै हल पुगे । ब्लू कार्पेटमा नायिका नम्रता श्रेष्ठ छाता ओडेरै पुगेकी थिइन् । उनी प्रेमीसँग कार्यक्रममा पुगे पनि ब्लू कार्पेटमा भने एक्लै देखिइन् । रोचक कुरा के छ भने, नम्रताका प्रेमी दावा शेर्पा उनीसँगै ब्लू कार्पेटमा पनि देखिएनन् र मिडियासँग बच्न पनि खोजे । हरेक कार्यक्रममा एकसाथ पुगेपनि दावा मिडियाको अगाडि तस्बिर खिच्न मान्दैनन् । puja sharma poonam and ubi dipakraj giri

नायक आर्यन सिग्देल भने नेपाली पहिरनमा पत्नी सपनासँग पुगेका थिए । सपना र आर्यनको जोडी पनि गजबको देखिएको थियो । निरक पौडेलले निर्देशन गरेको यो चलचित्रमा आर्यन सिग्देल दोहोरो भूमिकामा छन् ।

बाबु र छोराको भूमिकामा  देखिएका आर्यनले गजबको काम गरेका छन् । नम्रता चलचित्रमा सो-पिस मात्र देखिएकी छिन् । प्रिमियरमा गौरी मल्ल पनि उत्साहित देखिइन् । साथमा नायक-नायिका र अन्य चलचित्रकर्मीको जमघट गोपि हलमा राम्रै देखिएको थियो । aaryan and sapana aaryan and namrata

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment