Comments Add Comment

‘धुर्मुस-सुन्तली’लाई रेखाको १ लाख सहयोग, बन्दैछ गिरान्चौर बस्ती

rekha thapa with suntali
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले ‘गिरान्चौर एकिकृत बस्ती’ निर्माणका लागि ‘धुर्मुस सुन्तली’लाई १ लाख सहयोग गरेकी छिन् । ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनमै पुगेर रेखाले १ लाख सहयोग गरेकी थिइन् ।

रेखाले सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै यी दुई कलाकारले गरेको काममा सानो सहयोग गरेको बताइन् । रेखाले आफ्ना फ्यानले बस्ती निर्माणमा सहयोग गर्न आग्रह गरेको भन्दै उनले यो अभियानमा कला जगत सबैले सहयोग गर्नुपर्ने बताइन् ।

‘धुर्मुस-सुन्तली’को कामको अहिले चौतर्फी प्रशंसा भइरहेकाले अझै प्रसंशा बटुल्नका लागि राम्रो काम गर्न उनले ‘धुर्मुस-सुन्तली फाउण्डेशन’लाई शुभेच्छा प्रकट गरेकी छिन् । सहयोग रकम बुझ्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले रेखा थापाले गरेको सहयोग सम्पूर्ण चलचित्र क्षेत्रले गरेको सहयोग र समर्थनको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment