Comments Add Comment

ड्रेस कोर्ड थियो ‘ब्लू’, तर नम्रताले नै लगाइनन् यस्तो पहिरन

namrata shrestha
बिहिबार बेलुकी परेको मुसलधारे पानीमा छाता ओड्दै पुगेकी नायिका नम्रता श्रेष्ठले चलचित्रका निर्माताले भनेको एउटा कुरामा वेवास्ता गरिन् ।
‘होमवर्क’ प्रिमियरमा पुगेकी चलचित्रकी मुख्य नायिका नम्रताले ड्रेस कोर्डको  वेवास्ता गरिन् । हुनत, कार्यक्रममा पुगेका अधिकांश चलचित्रकर्मीले यो कुरामा ध्यान दिएका थिएनन् ।

निर्माण कम्पनी गोपिकृष्ण मुभिजले कार्यक्रममा पुग्ने अतिथीका लागि ‘ब्लू’ ड्रेस कोर्ड तोकेको थियो । केही कलाकार आयोजकले भने अनुसारको पहिरनमा देखिए । तर, चलचित्रकी मुख्य नायिकाले नै तोकेको रंगको पहिरन लगाइनन् ।
namrata shrestha cute
आखिर किन नायिकाले नै आफ्नो चलचित्रको विशेष शोमा यस्तो कुरामा ध्यान दिइनन् ? नायक आर्यन सिग्देलले पनि तोकिएको रंग अनुसारको पहिरन लगाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment