Comments Add Comment

बाग्लुङको गल्कोटमा खुल्यो ग्लोबल आइएमईको शाखा

७ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङको गल्कोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्धघाटन गरेे ।

Global Ime Bankशाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गल्कोट क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले बैंकले आफ्नो शाखा विस्तार गरेको बताए ।

शाखा उद्घाटन समारोहमा एटीएम काउन्टरको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले उद्घाटन गरे । कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको पनि उपस्थिति थियो ।

गल्कोटमा खोलिएको नयाँ शाखासँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९१ र एटीएम संख्या ९६ पुगेको छ ।  सोही समारोहमा उपस्थित बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतले नयाँ शाखा कार्यालयको सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment