मैले कहिल्यै सोचिँन ऊनीसँग फेरि दोहोर्याएर यो जुनीमा भेट हुन्छ भनेर । सायद त्यस दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो बाइक वर्कसपमा थन्क्याएर पुतलीसडकबाट चावहिलसम्म माइक्रो बसको कठिन यात्रामा होमिएको थिएँ । बसभित्रको कुनापट्टि एउटा सिट बाँकी रहेछ । म त्यही टुसुक्क बसें ।
कोचाकोच गरेर यात्रुहरू खाँदिन थाले । म नि कोच्चिएँ । नजिकै एकजना भऽ महिला बसेकी थिइन मसँगै कुम जोडेर । कुम कुम जोडेर बस्नु हाम्रो बाध्यता थियो । पावरवाला चश्मा लगाएकी, साइड व्याग बोकेकी यस्तै ३०, ३५ वर्षकी त्यो मान्छेले घरि घरि मलाई हेर्दै गरेको अनुभव गरेँ । त्यसरी घरि घरि मलाई हेरिरहदाँ मैले कस्तो कस्तो असहज महशुस गरेँ । उसको त्यो हेराईबाट जोगिन मैले झ्यालतिर हेर्न थालेँ ।
ठूला ठूला घरहरू, खम्बाहरू, सडकपेटि सबै सबै बेस्मारी कुदिरहे झै लाग्यो । जति नै गरेँ पनि ध्यान एकिकृत गर्न सकिराखेको थिइन । किन किन तिनीतिर हेर्न मन लाग्यो । अनि मैले पनि एकदुई नजरहरू उनी भएतिर ˆयाँक्न थालेँ । किन किन एक किसिमको आत्मियता भेटेको महसुश गरेँ । कता कता चिने झै लाग्यो । मैले आँखा चिम्लेर कल्पना गरेँ । कल्पनामा त्यो पावरवाला चश्मा बिनाको त्यो मान्छेको अनुहार कता कता मेरो स्कुले जीवनको साथी सुस्मितासँग मिल्न गएको महशुस गरेँ ।
गन्तव्य जति नजिकिँदै थियो उति नै यो मन बतासिदै थियो । कतै उही सुस्मिता नै पो हो कि जस्तो लाग्यो । कौतुहलताले गज्जबले डेरा गरेको थियो । बोलाइहालुँ कि जस्तो लाग्यो । तर कहाँकी त्यो फुच्ची , पातली सुस्मिता कहाँकी यो मोटी, पावरवाला चश्मामा, अहं कतै कुनै कोणबाट पनि नमिल्ने । म अकमक्क परिरहेँ । फेरि पनि त्योकस्तो आकर्षण थियो कुन्नि म घरि घरि तिनी पट्टी फर्केर हेर्न थालेको थिएँ ।
बिस्तारै बिस्तारै मभित्र द्वन्द चल्न थाल्यो । तर त्यो द्वन्द धेरै बेर चल्न पाएन । म तिर फर्किएर तिनिले ‘कृपया म गलत भएँ मलाई माफ गर्नुहोला । तपाईंमा मेरो स्कुले जीवनको साथी जस्तो लाग्यो । के तपाईँ दिनेश हो ?” भनेर प्रश्नसँगै जिज्ञासा राखिन । मेरा आँखाहरू एक्कासी चम्किए । म मुसुक्क हाँसे । स्वीकारोक्तीमा टाउको हल्लाएँ । म जे अनुमान लगाउँदै थिएँ त्यो मिल्न गएकोमा खुसी भएँ त्यो भन्दा पनि बिछट्टै खुसी मेरो स्कुले साथी सुस्मिता लाई भेटेकोमा थिएँ । हो ऊ मेरो बाल्यकालको साथी सुस्मिता नै रहिछन् ।
एकछिनपछि सुस्मिताले सोधिन ‘दिनेश तिमी कता हिडेको ? कता बस्छ्यौ ? के गर्दैछौ?” एकैपटक प्रश्नहरूकोलाईन लगाईदिइन । यसो भनिरहदाँ उसको स्वरहरू भने काँपिरहेको थियो ।
म अलमल परेँ । कण्डक्टरले “चावहिल ओर्लेनेले भाडा दिराख्नुस” भन्न थालेको थियो । झ्याल बाहिर हेरेँ । गन्तव्य आइसकेको थियो । मैले उसको प्रश्नहरूलाई सम्बोधन गर्नै भ्याइन ।
ओर्लदाँ ओर्लदैं मैले “मलाई फोन गर्नु ल ।” भनेर मोबाईल नम्बर दिएँ । उनीले हतपत्त नोट गरिन ।
एकैछिनमा बस मलाई छोडेर बेपत्ता कुदिहाल्यो । म जिल परेर उभिएँ केही बेर ।
म फेरि अतितमा डुब्न थालेँ । सँगसँगै पाईलाहरू गौरीघाट तिर बढाउन थालेँ ।
हाँस्न मन लाग्यो आˆनो पागलपन देखेर । कसरी यति धेरै डुब्न पुगेछु सुस्मिताको यादमा जसले बर्षौं पहिले मलाईवेवास्ता गरेकी थिइन ।
बसस्थान पुगे । मानसपटल उनीको अनुहारनै रिङ्गरिाथ्यो । विगत वर्तमान बनेर चिमोटिरहन्थ्यो । अचानक मेरो सारा ध्यान भङ्ग गर्ने गरी मोबाइलमा रिङ्ग टोन बज्यो । नम्बर हेरेँ नयाँ थियो । मेरो चिनजानकोलिस्ट भन्दा बाहिरको ।
“हेलो ! दिनेश म सुस्मिता”
“अँ भन न के छ तिम्रो खबर ?”
“तिमी के गर्दैछौ ? कहाँ छौ ? भनन ? धेरै कुरा फोन मा नै भन्न्नु भन्दा पनि भोली भेटेर सबै कुरा गरुमभन्ने सुस्मिताको आसय बुजेर हुन्छ भोली ४ः३० मा अफिस बाट निस्किन्छु ५ बजे पशुपति कैलाश चौर आउ नत ।”
यतिमै हाम्रो स्ंवाद सकियो । फोनमा लामा लामा कुरा गर्न मलाई त्यति मन पर्दैन । त्यसैले हामीले भेट्ने योजना बनायौं । भोलिपल्ट आँखाहरू घडीमा टाँसिरहेकै थियो । किन किन त्यस दिन घडीको सुई ढिला घुमेझै लागिरहेथ्यो । प्रतीक्षामा अधिर अनि अस्थिर