Comments Add Comment

पासपोर्ट नहुँदा सञ्जयले छुट्टी मनाउन पाएनन्

sanjay-dutt-new

मुम्बई । बलिउड कलाकारलाई युरोप, अमेरिका वा विश्वका कुनै पनि मुलुकले स-सम्मान प्रवेश दिन्छ । तर, एकजना कलाकार पासपोर्ट रिनो गर्न नभ्याएका कारण आफ्ना सन्तानलाई अमेरिका घुमाउने अवसरवाट बञ्चित रहे ।

यी अभागी कलाकार हुन् सञ्जय दत्त । अहिले भारतमा चर्को गर्मी छ । गर्मी बढेकै कारण स्कुलले विद्यार्थीलाई छुट्टी दिएको छ । यो छुट्टीको सदुपयोग उनी अमेरिका गएर गर्न चाहन्थे तर, पाएनन् ।

सञ्जयदत्त जेलमुक्त भएपनि उनको पासपोर्ट जेलमै छ । अर्को कुरो उनको पासपोर्टको म्याद गुज्रिसकेकाले नयाँ पासपोर्ट बनाउनुपर्छ । नयाँ पासपोर्टका लागि उनले जेल प्रशासनसंग अनुमति लिनुपर्ने हुन्छ ।

तर, जेल प्रशासनको झन्झटिलो नियमकै कारण उनलाई नयाँ पासपोर्ट बनाउन ६० दिन लाग्छ । उनले नयाँ पासपोर्टका लागि स्थानिय प्रहरी, सीबीआई र गृह मन्त्रालयको अनुमति लिनु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment