Comments Add Comment

धरापमा शाहरुखको ‘बादशाह पदवी’

sharukh New

मुम्बई । बलिउड नायक शाहरुख खानको ‘बादशाह पदवी’ धरापमा परेको छ । शाहरुखको क्रेज घट्दै जानु र दोस्रो कलाकारको तुलनामा उनको फिल्मको कलेक्सन क्रमश गिर्दै गएका कारण ‘बादशाह पदवी’ धरापमा परेको हो ।

फिल्मले गरेको कमाई, दर्शक एवं समीक्षकले दिएको प्रतिक्रियाको आधारमा पनि उनको स्टारडम ढल्कदो छ । उनको ‘बादशाह पदवी’ धरापमा पर्नुका यी हुन् ८ कारणः

१. नयाँ केही गर्न पाएनन्

शाहरुखलाई पनि याद होला कुनै जमानामा ‘राहुल’ को संवाद सुन्दा सुन्दा वाक्क भएका थिए दर्शक । तर, पछिल्लो समय शाहरुखले अभिनयमा नयाँ खासै गर्न सकेनन् । एकपछि अर्को फिल्मले दर्शकलाई निरस बनायो ।

रा-वन, जब तक है जान, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर, दिलवाले र फ्यानले जर्बजस्ती हाइप क्रिएट गर्‍यो । चेन्नई एक्सप्रेशलाई छाड्ने हो भने अन्य फिल्मले उनलाई राहत दिन सकेन । चेन्नेई एक्प्रेसले कमाई राम्रो गरेपनि समीक्षकले तारिफ गर्न कन्जुस्याई गरे ।

केही हप्ता अगाडि प्रदर्शन भएको फ्यानप्रति पनि शाहरुख निकै आशावादी थिए । तर, बक्स अफिसमा कमाल गर्न सकेन । १०५ करोडमा बनेको फ्यानको कमाई आकर्षक १०० करोडमै सिमित रह्यो ।

२. लगातार गिर्दाे छ कमाईको ग्राफ

पछिल्लो समय शाहरुखको फिल्मको कमाई लागातार गिर्दो छ । चेन्नई एक्सप्रेसले २२७ करोड, ह्याप्पी न्यु इयर २०३ करोड, दिलवाले १३५ करोड र फ्यानले १०० करोड कमाई गरेको थियो ।

३. धेरै कमाई गर्नेमा पनि शाहरुखको नाम छैन

विश्वभर धेरै कमाई गर्ने हिन्दी फिल्मको सूचीमा पनि शाहरुखको नाम छैन । आमिर खान अभिनित ‘पिके’ले विश्वभरवाट ७४० करोड कमाई गरेको थियो भने सलमान खान अभिनित ‘बजरंगी भाइजान’ले ६२६ करोड कमाई गरेको थियो ।

त्यस्तै ‘बाहुबली’ले ६०० करोड कमाई गरेको थियो भने, ‘धुम-३’ ले ५४२ करोड कमाई गरेको थियो । सलमानकै अर्को फिल्म ‘प्रेम रतन धन पायो’ ले ४३१ करोड कमाई गरेको थियो ।

shah-rukh-khan-810

४. नयाँले पछि पारे

बादशाहको गद्दीको दौडमा आमिर र सलमान प्रतिस्पर्धीका रुपमा देखिएका छन् । अक्षय कुमार र रणबिर सिंह पनि पछि पछि छन् ।

अक्षय कुमारको एकपछि अर्को फिल्म सफल हुँदै आएको छ भने समिक्षकवाट पनि उस्तै राम्रो प्रतिक्रिया पाएका छन् । ‘एअरलिफ्ट’मा कमाईको मात्रै हैन अक्षयको अभिनयको पनि तारिफ भयो ।

अर्का अभिनेता रणबीर सिंह पनि बादशाहको गद्दीको दावेदारका रुपमा प्रस्तुत भएका छन् । उनले अभिनय गरेको ‘बाजीराव मस्तानी’ लाई दर्शकले निकै मन पराएका थिए ।

५. एक्सपर्टहरु भन्छन् ‘शाहरुख बादशाह होइनन्’

टे्रड ऐनलिस्ट कोमल नाहटाले भनेका छन् ‘फ्यानमा शाहरुखले राम्रो प्रस्तुति दिन सकेनन्’ । त्यसो त गिरिश जौहर पनि फ्यानमा शाहरुखको अभिनय कमजोर रहेको बताउछन् ।

६. कमजोरी स्वीकार 

शाहरुख खानको पछिल्लो हाउभाउवाट पनि उनी दवावमा रहेको महसुस् गर्न सकिन्छ । फ्यानको प्रमोशनको क्रममा उनले मुम्बईका हरेक स्टेज कार्यक्रममा उपस्थिती जनाएनन् मात्रै हरेक दर्शकको प्रतिक्रियाको  रिट्वीट समेत गरे । राम्रो गर्न नसकेको पनि स्वीकार गरे ।

७. नयाँ कलाकारमा शाहरुखको क्रेज घट्नु

कुनै समय यस्तो थियो, शाहरुख खानसँग काम गर्न भनेपछि हरेक नयाँ कलाकार हतारिन्थे । प्राय नयाँ कलाकारले अन्तरवार्ताको क्रममा भनेका हुन्थे ‘म शाहरुख खानसँग काम गर्न चाहन्छु ।’

तर, अहिले समय शाहरुखको पक्षमा छैन । शाहरुख सुपरहिट फिल्म ‘इत्तेफाक’ को रिमेक बनाउन चाहन्छन् । उनको चाहना थियो बरुण धवनलाई अभिनय गराउने, तर, बरुणले बहाना बनाएर काम गर्न आनाकानी गरे ।

८. जोखिम मोल्न छाडे

उनको फिल्मको कमाईको ग्राफ क्रमश ओरोलो लाग्नुको अर्को कारण हो, उनले अचेल शाहरुखले जोखिम मोल्न छाडेका छन् । सुल्तान र रईस एउटै मितिमा चल्ने हल्ला पनि ब्यापक थियो । अहिले बलिउडमा अर्को हल्ला चलेको छ । सलमान आफ्नो अडानमा स्पष्ट रहेपछि शाहरुख फिल्म रिलिज सार्न राजी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment