Comments Add Comment

खुल्दैछ विश्वकै पहिलो निर्वस्त्र रेस्टुरेन्ट, साढे १५ हजार ग्राहक वेटिंग लिस्टमा

londan_resturent_without clothदुनियामा विभिन्न अनौठा अनौठा खालका होटल रेस्टुरेन्टहरुका बारेमा सुन्नुभएकै छ । तर के तपाइँले यस्तो रेस्टुरेन्टको बारेमा सुन्नुभएको छ जहाँ निर्वस्त्र भएर खाना खान पाइन्छ ?

हो बेलायतको राजधानी लण्डनमा आगामी जून महिनामा एउटा यस्तै रेष्टुरेेन्ट खुल्दैछ जहाँ निर्वस्त्र पाहुनाहरुको मात्र आवतजावत हुनेछ । यो रेष्टुरेन्टको नाम द बुनियादी राखिएको छ ।

उक्त रेष्टुरेन्टमा एक पटकमा ४२ जनाले खाना खान सक्दछन् । तर रेष्टुरेन्टको सेवा लिनका लागि अहिलेसम्म साढे १५ हजार भन्दा बढिले बुकिंग गराइसकेका छन् उनीहरु सबैलाई वेटिंग लिस्टमा राखिएको छ ।

बेलायतका धेरै रेस्टुरेन्टहरु संचालन गरिरहेको ललिपप नामक कम्पनीले यस्तो निर्वस्त्र रेष्टुरेन्ट खोल्न थालेको हो ।

रेष्टुरेन्ट संचालक सेब लियलका अनुसार फरक फरक भोजनका शौखिनहरुलाई साँच्चीकै स्वतन्त्रता प्रदान गरेर इच्छा मुताबिक भोजन ग्रहणको अवसर प्रदान गर्नका लागि आफुले यस्तो रेष्टुरेन्ट संचालन गर्न लागेको बताउँछन् ।

उक्त रेष्टुरेन्टका क्याबिन बाँसले बनेका छन् र धेरै पार्टिसन छन् । हातले बनाइएका माटाका भाँडामा खानेकुरा पस्किइनेछ ।

काठको फर्निचरमा ग्राहकलाई बसाइनेछ । खानेकुरा ग्यासमा होइन दाउरामा पकाइनेछ । पहिलो आउनेले पहिले नै सेवा पाउनेछ, अर्थात् फस्र्ट कम फस्र्ट गेट अनुसार टिकट पाउनेछ ।

ग्राहकलाई चेन्जिंग रुम तथा लकर्सको सुविधा पनि छ । आफ्नो क्याबिनसम्म जानका लागि गाउन पनि दिइनेछ । फोटो खिच्न मनाही छ र कपडा लगाउन चाहनेका लागि एउटा छुट्टै क्याबिन पनि छुट्टाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment