चलचित्र ‘एक्सन’ रिलिज हुन लागेकाले पनि नायिका जेनिशा केसीको चहलपहल केही देखिएको छ । तर, चलचित्र ‘आधी बाटो’मा निर्मातासँगको निकटताका कारण पाएको चर्चा र उचाई जेनिशाका लागि अब एकादेशको कथा बन्दैछ ।
उनै जेनिशा काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा वन पिसमा देखिइन् । छोटो वन पिसमा रहेकी जेनिशा तस्बिर खिचाउन र मिडियासँग कुराकानी गर्न केही व्यस्त थिइन् ।
करिअर चम्कन नसकेपछि जेनिशाका लागि चलचित्र क्षेत्र अहिले सुखद बन्न सकेको छैन । उनको नामबाट न त चलचित्र चलेको छ, न त दर्शकको नजरमा उनी परेकी नै छन् । तर, पनि वेलावखत सार्वजनिक कार्यक्रममा पुग्दा जेनिशा मिडियाको क्यामेरामा भने परेकी नै छन् ।
तस्बिर : श्रीधर पौडेल