Comments Add Comment

गहुँतले नुहाउने अनौठो आदिवासी, जहाँ गाइकै लागि भयो २५ सयको हत्या (फोटो फिचर)

cow’s urine1यो संसार अनौठा किसिमका मानिसहरु तथा संंस्कारहरुले भरिपूर्ण छ । यसमा सबैभन्दा अनौठो त आदिवासीहरुकेा संस्कार नै हुन्छ । अफ्रिकी देश दक्षिणी सुडानको मुन्दारी आदिवासीको पनि एउटा अनौठो परम्परा रहेको छ ।

नाइल नदिको किनारामा बसोबास गर्ने यो आदिवासी समुदायमा गाइ तथा साँढे प्रतिष्ठाको सूचक हुन्छ ।

यो आदिवासी समुदाय दुनियाबाट अलग तथा फरक छ । विषम भौगोलिक तथा मौसमी परिस्थितिसँग जुध्नका लागि यो आदिवासीले अनुकुलनको निकै प्रभावकारी उपाय अपनाउने गरेको छ ।

उत्पात गर्मीका कारण जिउमा इनफेक्सन नहोस् भनेर उनीहरु गाइको गहुँतले नुहाउँछन् । जिउमा लामखुट्टेले नटोकोस् भन्नका लागि गाइवस्तुकै गोबर डढाएर बनाएको खरानी जिउमा दल्दछन् ।

गाई यो आदिवासीको जिवनशैलीको अहम हिस्सा हो । गाई नै रोजगारीको माध्यम पनि हो । विवाहमा समेत गाइलाई दाइजोको रुपमा दिइन्छ । त्यसैले आपसी झैझगडा समेत गाईकै विषयलाई लिएर हुने गरेको छ ।

cow’s urine5त्यहाँ गाई यति महत्वपूर्ण तथा मूल्यवान छ की रातको समयमा कसैले आफ्नो गाई नचोरोस् भन्नका लागि मानिसहरु रातमा गाईसँगै सुत्छन् ।

cow’s urine3कतिपयले त बन्दुक लिएर गाइको चौकिदारी पनि गर्दछन् । गाईको चोरीसँग सम्बन्धित विवाद तथा लडाइँहरुका कारण अहिलेसम्म २५ सय भन्दा बढि मानिसको ज्यान गैसकेको छ ।

cow’s urine9यी गाई पनि हाम्रा जस्ता सामान्य गाई कहाँ हुन् र ? यिनलाई क्याटल अफ किंग भनिन्छ । यी गाईको सिँग ८ फिटसम्म लामा हुन्छन् ।

cow’s urine8 cow’s urine7 cow’s urine2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment