Comments Add Comment

कोपा डेल रेको उपाधिका लागि बार्सिलोना र सेभिया भिड्दै

Copa-del-rey-final

९ जेठ, काठमाडौं । स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेको उपाधिका लागि आज स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना र युरोपा लिग च्याम्पियन सेभियाबीच प्रतिस्पर्धा हुँदैछ ।

म्याड्रिडस्थित एथ्लेटिको म्याड्रिडको घरेलु मैदान स्टाडियो भिन्सेन्ट कल्डेरोनमा हुने फाइनल खेल नेपाली समय अनुसार आज राति सवा १ बजेदेखि सुरु हुनेछ ।

बार्सिलोना र सेभिया दुवै टोली सिजनमा दोस्रो उपाधिको खोजीमा हुनेछन् । गत साता सम्पन्न लिगमा बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै उपाधि रक्षा गरेको थियो भने गत साताको मध्यतिर सम्पन्न युरोपा लिगमा लिभरपुललाई पराजित गर्दै सेभियाले युरोपा लिगको उपाधिमा हृयाट्रिक गरेको थियो ।

कोपा डेल रे को ११३ बर्षे इतिहासमा २७ पटकको च्याम्पियन बार्सिलोनाका तीन फर्वार्डहरु अहिले उत्कृष्ट लयमा छन् । ला लिगामा सर्बाधिक ४० गोल गरेका लुईस स्वारेजसँगै नेइमार र लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस सिजनमा ला लिगा अन्तर्गतको दुई खेलमा बार्सिलोना र सेभियाले एक एक खेलमा जित हासिल गरेका थिए । सेभियाले अहिलेसम्म ५ पटक कोपा डेल रे को उपाधि जितेको छ ।

कोपा डेल रे बाट अर्को महारथी टोली रियल म्याड्रिड भने अयोग्य घोषित हुँदै बाहिरिएको थियो । रियलमाथि समूह चरणको खेलमा प्रतिबन्धित खेलाडीलाई मैदानमा उतारेको आरोप प्रमाणित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment