Comments Add Comment

जापानबासी नेपालीले मनाए ‘२५६० औं बुद्ध जयन्ती’

buddha-jyanti-in-japanटोकियो । आइतबार जापानमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६० औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ । नेपाल आदिबासी जनजाती महासंघ, जापानको आयोजनामा टोकियोस्थित निप्पोन म्योहोउजीमा सम्पन्न समारोहमा विश्वशान्तिको कामनासहित गुम्बाका गुरुबाट बिशेष पूजाआजा गरिएको थियो ।
कार्यक्रम संयोजक हवल चन्द्र लामाले समारोहमा उपस्थित जापानबासी नेपाली तथा जापानी नागरिकहरुलाई स्वागत गर्दै देशमा शान्ति स्थापानार्थका लागि प्रवासमा रहेका नेपालीहरुको एकता र सद्धभावको आवश्यकता रहेको बताए ।
त्यस्तै महासंघका अध्यक्ष पासाङ शेर्पाले हामी नेपालीहरु नै बुद्धको प्रचारप्रसारमा अग्रसर नदेखिएकाले भारत लगायत अन्य मुलुकहरुलाई बुद्ध र उनको जन्मस्थल लुम्बिनी बारे भ्रामक प्रचार गर्न फाइदा पुगेको बताए । ‘अब पनि हामी देशविदेशबाट शान्तिका अग्रदूत भगवान गौतम बुद्ध र लुम्बिनी बारे प्रचारप्रसारमा सचेत भई अगाडी बढेनौं भने हाम्रो पहिचान गुम्ने खतरा छ’, उनले भने ।
समारोहमा गुम्बाका गुरुआमाबाट महासंघलाई बुद्धको मुर्ती उपहार प्रदान गरिएको थियो । समारोहमा एनआरएन जापानका सचिब बुद्धिराज घिमिरे, सल्लाहाकार शरद गौचन, आईसीसी सदस्य ओम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
जापानमा क्रियाशिल संस्थाहरु तमु धिं, शेर्पा संघ, मगर संघ, थकाली सेवा समिति, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्या, नेपाल तामाङ समाज, मनाङ सोसाईटी, नेवाः जागरण मञ्चको सहकार्यमा सम्पन्न समारोहमा प्रायोजक पदम गुरुङले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment