Comments Add Comment

मेस्सीको प्रेरणामा बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

Barcelona

१० जेठ, काठमाडौं । लिओनल मेस्सी प्रेरित बार्सिलोनाले सेभियालाई परजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । बार्सिलोनाका लागि यो कोपा डे रेको २८ औं उपाधि हो । साथै उसले यो सिजन स्पेनिस दुई उपाधि ला लिगा र कोपा दुबै जितेको छ ।

सोमबार विहान भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित बार्सिलोनाले अतिरिक्त समयमा गरेको गोलको मदतमा सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा बार्सिलोना ३६ औं मिनेटमा नै १० खेलाडीमा सिमित भएको थियो । उसका जाभियर मासेरानोले रातो कार्ड पाए ।

तर, बार्सिलोनाले रक्षात्मक खेेलेन । पहिलो हाफसम्म सर्जिओ बुस्केट सेन्टर ब्याकमा आए । त्यसपछि मिडफिल्डर राकिटिकले म्याथुलाई अर्को सेन्टर ब्याक जेरार्ड पिकेसाग सहकार्य गर्न दिए र बार्सिलोनाका तीन फवार्ड मेस्सी, स्वरेज र नेयमार मैदानमै रहे ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकियो । अन्तिमतिर सेभियाका बानेगाले पनि रातो कार्ड पाए र दुबै टीम १० खेलाडीमा सिमित रहृयो ।

थपिएको ३० मिनेटको खेलमा भने बार्सिलोना हाबी भयो । ९७ औं मिनेटमा डेभिड अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले दिएको उत्कृष्ट पासमा उनले सहज गोल गरे ।

खेलको अन्त्यतिर सेभियाका कारिको मार्टिनले पनि रातो कार्ड पाए । लगतै नेयमारले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment