Comments Add Comment

अब एन्ड्रोइड बाट चल्नेछ मानिसको भावना बुझ्ने रोबोट

_pepper_robot_मानवीय भावना बुझ्ने तथा पढ्न र अनुभुत गर्नसक्ने पेपर नामक रोबोट  भविष्यमा एन्ड्रोइडबाट चल्ने भएको छ । पेपरको प्लेटर्फम एन्ड्रोइड डेभलपर्सलाई दिनका लागि एउटा सम्झौता भएको छ ।

पेपर निर्माता जापानी कम्पनी सफ्टबैंक र गुगलबीच भएको सम्झौतापछि अब गुगलले यो मानवीय रोबोटका लागि नयाँ एप तथा नयाँ नयाँ क्षमता विकाश गर्नेछ ।

यद्यपि यो रोबोटका १० हजार प्रति अहिलेसम्म बिकिसकेका छन् र यसको नावोकी अपरेटिंग सिस्टका लागि एप बनाउनमा सफ्टबैंक कम्पनी खासै सफल हुन सकिरहेको छैन ।

अहिलेसम्म पेपरको प्रयोग वेटर, सेल्सम्यान तथा ग्राहक सेवा प्रतिनिधिका रुपमा भईरहेको छ । जापानमा नेस्ले, निसान तथा मिझुओ बैंक समेत झण्डै ५ सय कम्पनीले यसको प्रयोग गरिरहेका छन् ।

गुगल तथा सफ्टबैंकले सम्झौताका शर्तहरु सार्वजनिक गरेका छैनन् । गुगलले ल्याएको नयाँ फिचर आर्टिफिसियल इन्टेलिजेन्स गुगल असिस्टेन्टबाट यो रोबोटले फाइदा उठाउने छ की छैन भन्ने कुराको पनि खुलासा गरिएको छैन ।

तर सम्झौतापछि यो रोबोटमाथि गुगलको केही हदसम्म नियन्त्रण रहने चाहीँ पक्कापक्की छ ।

पेपर रोबोटको जापानमा जबरजस्त माग छ । जापानमा रहेक एक मिनेटमा १ हजार गोटा रोबोट बिकिरहेका छन् । अमेरिकामा समेत पेपर रोबोटको आंशिक बिक्रि छिटै सुरु गरिनेछ ।

पेपरको मूल्य १ लाख ९८ हजार येन अर्थात् झण्डै १८ सय डलर तोकिएको छ र कम्पनीले अहिलेसम्म घाटा खाएर लागत मूल्य भन्दा कममै रोबोट बेचिरहेको छ ।

४ फिट अग्लो यो रोबोटमा २० वटा मोटर छन् । यसका दुइ हात छन् । मानिसको भावना बुझ्न सकोस् तथा मानिसको शारीरिक भाषा नक्कल गर्न सकोस् भन्ने हिसाबले यसको डिजाइन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment