Comments Add Comment

न्युयोर्कको म्यानहटनमा राताम्मे नेपाली झण्डा

नेपाल डे परेडमा गुन्जियो राष्ट्रिय गान र पञ्चेवाजा

nepal day pared_america (3)न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थिति म्यानहाटनको ब्रोडवेमा आइतबार हजारौं नेपालीले आफ्नो राष्ट्रिय झडा फहराए । दौरा, सुरुवाल र टोपीमा सजिएका पुरुष तथा चौवन्दी र फरियामा आएका महिलाले ब्रोडवेको २९ स्ट्रिटदेखि १९ स्ट्रिट मिनी नेपाल जस्तै बनेको थियो । कतिपय नेपाली आफ्नै जातीय पोषाकमा झण्डा बोकेर आएका थिए ।

गणतन्त्र दिवसका दिन पारेर पहिलो पटक न्युयोर्कमा आइतबार नेपाल डे परेडको आयोजना गरिएको थियो । नेपाली समुदायका ४ दर्जनभन्दा बढी सस्थाले संयुक्त रुपमा आयोजना गरेको परेडमा परेडमा गुरुङ जातिले सोरठी, तामाङ जातिले झाँक्री तथा डम्फु, नेवार समुदायले लाखे र धिमे, राई जातिले साकेला, बाल्टिमोर समाजले पन्चे बाजा, मगर जातिले कौडा, लिम्बु जातिले च्याब्रुङ,  तराई मधेश समुदायले घाघरा/चोली, रिजवुड नेपाली समाजले भजन मण्डली र कलाकार संघले संगीत प्रस्तुत गरेका थिए ।

परेडको उद्घाटन संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगकी कार्यवाहक प्रमुख सेवा लम्सालले  गरेकी थिइन् ।

nepal day pared_america (1)त्यसपछि सुरु भएको परेडको अग्रभागमा मुल आयोजक समितिको ब्यानर थियो । त्यसपछि पशुपति, खप्तड क्षेत्र तथा अन्य नेपालका दृष्य अंकित पोस्टर राखेर सजाइएको ट्रक थियो । त्यसमा पञ्चकन्याहरु सवार थिए । ट्रकमा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

त्यसपछि दुइ दर्जन सस्थाका प्रतिनिधि ब्यानरसहित सहभागी थिए । उनीहरुलाई सस्थाको नामको बर्णानुक्रमअनुसार राखिएको थियो ।

दोस्रो तहमा जानकी मन्दिर, स्वयंभु र अन्य नेपालका महत्वपूर्ण स्थलहरुका दृष्य समावेश गरेर सजाइएको ट्रक थियो । त्यसमा नेपाली कलाकारहरुले गितसंगीत र नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि अरु संघसस्थाका प्रतिनिधिलाई परेडमा सहभागी गराइएको थियो । बीचमा सगरमाथा, लुम्बिनी, गौतम बुद्धको प्रतिमा राखिएको ट्रक थियो । त्यसमा रिजउड समाजले खैंजडी बजाएर भजन प्रस्तुत गरेको थियो ।

nepalday pared7नेपाल डे परेडमा न्युयोर्कसहित वरपरका शहरहरु न्युजर्सी, कनेक्टिकट, बाल्टिमोर, वासिङगटन डिसी, टेक्सास, भर्जिनिया, बोस्टन, टेक्सासलगायतका स्थानबाट नेपाली समुदायको ठूलो उपस्थिति थियो । सवै जात, धर्म, सम्प्रदायका नेपाली राष्ट्रिय दिवसका अबसरमा आयोजित परेडमा सहभागी भएर न्युयोर्कबाट एकताको सन्देश दिएका थिए । परेडमा पञ्चेवाजा, धिमे, खैंजडी सहित नेपालको राष्ट्रिय गीतले न्युयोर्कको मुटु म्यानहटन गुञ्जायमान भएको थियो ।

नेपाल डे परेड ऐतिहासिक रुपमा सफल भएको आयोजक मध्येको प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापाले बताए । ‘हामीले अपेक्षा गरेभन्दा बढी नेपाली स्वतस्फुर्त रुपमा परेडमा सहभागी भए,’ उनले भने, ‘यसले नेपाली समुदायको अमेरिकामा दरिलो उपस्थिति छ भन्ने देखाएको छ ।

nepal day pared_america (4)उनले विभिन्न संघसस्थाको विरोध र बहिस्कारले परेडलाई कुनै असर नगरेको दावी गरे । परेड गर्ने दिनलाई लिएर केही नेपाली संघसस्थाले विवाद गरेका थिए । उनीहरुले परेडमा सहभागी नहुने घोषणासमेत गरेका थिए । थापाले परेडमा ५ हजारभन्दा बढी नेपाली सहभागी भएको दावी गरे ।

समापन अबसरमा परेड गर्न नेतृत्व गरेका प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापा, नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट र जनजाती महासंघका अध्यक्ष लुइसाङ वाइवाले सहभागी सबैलाई धन्यवाद दिएका थिए । उनीहरुले हरेक बर्ष यसै गरी न्युयोर्कमा नेपाल डे परेड आयोजना गरिने बताए ।

nepalday pared_america6यसैबीच न्युयोर्क सिटी (मेयरको कार्यालय)ले मे २२ लाई नेपाल डेका रुपमा घोषणा गरेको छ । सिटीले गरेको उक्त घोषणाको प्रमाणपत्र कार्यक्रम स्थलमै मेयरका प्रतिनिधिले आयोजक मध्ये मञ्चका अध्यक्ष थापा, समितिका अध्यक्ष विष्ट र महासंघका अध्यक्ष वाइवालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । ‘न्युयोर्क सिटीले नेपालीलाई पहिचान दिनु गौरवको कुरा हो,’ प्रमाणपत्र लिएपछि थापाले भने, ‘परेको माध्यमबाट हामीले नेपाली र नेपाललाई अमेरिकामा चिनाउन सफल भएका छौं ।’ उनले छिट्टै नेपाल डे परेडको स्मारिका प्रकाशन गरेर आम्दानी र खर्चको विवरण सार्वजनिक गरिने बताए ।   nepal day pared_america (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment