Comments Add Comment

‘तेरे नाम कि भूमिका, अब ‘लव यू आलिया’मा देखिने

bhumika chaula hot
चलचित्र ‘तेरे नाम’मा बलिउड नायक सलमान खानसँग काम गरेपछि नायिका भूमिका चावलाको खुबै चर्चा भयो । भूमिकाको सुन्दरता र अभिनयले धेरैलाई तान्यो पनि । तर, बलिउडमा उनले उम्दा करिअर बनाउन सकिनन् ।

यसपछि केही चलचित्र खेलेर भूमिका एकाएक हराइन् । तर, उनी अब लामो समयपछि पर्दामा देखिदैछिन् । उनले अभिनय गरेको नयाँ चलचित्रको नाम ‘लव यू आलिया’ हो । यो चलचित्रको बिषयमा कुरा गर्दै भूमिकाले अहिलेसम्म यस्तो भूमिका नगरेको बताइन् । उनले यो चलचित्रले राम्रो सन्देश दिने भन्दै आफ्नो चरित्रबाट खुशी रहेको बताइन् ।

भूमिकाले चलचित्रमा एक आमा र एक डान्सरको भूमिका निर्वाहा गरेकी छिन् । जसको बारम्बार श्रीमान्सँग झगडा परिरहन्छ । चलचित्रकी यी पात्रले आफूलाई श्रीमान् भन्दा धेरै फरक ठान्छिन् । इन्द्रजित लंकेशले निर्देशन गरेको यो चलचित्र अर्को महिना रिलिज हुँदैछ । चलचित्रमा सन्नी लियोनी पनि मुख्य भूमिकामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment