Comments Add Comment

अब्स्टेट्रिक फिस्टुलाबाट ४३ सय नेपाली पीडित

सन्दर्भः अब्स्टेट्रिक फिस्टुला अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवस

obstetric-Fistula

१० जेठ, काठमाडौं । अब्स्टेट्रिक फिस्टुलाको अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवस आज बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘एक पुस्ता भित्रै फिस्टुला समस्याको अन्त्य गरौं’ भन्ने रहेको छ ।

अब्स्टेट्रिक फिस्टुला बच्चा जन्माउँदाको जटिलताका कारणले महिलामा हुने गर्छ । अब्स्टेट्रिक फिस्टुलाको रोगीलाई पिसाब वा दिसा या दुबै चुहिरहने समस्या हुन्छ । लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसुतिकर्मीबाट सहि समयमा पर्याप्त उपचार सेवा नपाउनाले यो समस्या उत्पन्न हुन्छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को सन् २०११ को एक प्रतिवेदनअनुसार नेपालका ४ हजार ३ सय महिला अब्स्टेट्रिक फिस्टुलाबाट पीडित छन् ।

अब्स्टेट्रिक फिस्टुलाको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) की प्रतिनिधि जुलिया भलेसीले विज्ञप्ति जारी गर्दै अहिलेसम्म अत्यन्त बेवास्ता गरिएको स्वास्थ्य तथा मानवअधिकार सम्बन्धी यस पीडादायक अवस्थाको अन्त्य गर्ने बेला आइसकेको बताएकी छन् ।

अब्स्टेट्रिक फिस्टुला अन्त्य सम्बन्धी दिवसको अवसरमा भलेसीले दिएको सन्देश

विश्वका धेरैजसो देशहरूमा रोकथाम भइसकेको अब्स्टेट्रिक फिस्टुला जस्तो स्वास्थ्य समस्याबाट नेपालका महिला तथा किशोरीहरूले अझै पनि दुःख पाइरहेका छन् । अब्स्टेट्रिक फिस्टुला बच्चा जन्माउँदाको जटिलताका कारणले महिलामा हुने गर्छ ।

लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसुतिकर्मीबाट सहि समयमा पर्याप्त उपचार सेवा नपाउनाले यो समस्या उत्पन्न हुन्छ । अब्स्टेट्रिक फिस्टुलाको रोगीलाई पिसाब वा दिसाब या दुबै चुहिरहने समस्या हुन्छ । विकसित मुलुकमा यो समस्या लगभग र्निमुल भइसकेको भएतापनि नेपाल जस्तो विकासोन्मुख देशमा यो एउटा गम्भिर समस्याको रुपमा रहेको छ ।

नेपाल जस्तो विकासशील मुलुकमा बस्ने गरिव, जोखिमपूर्ण अवस्थामा रहेका तथा सीमान्तकृत समुदायका महिलाहरू यस्तो फिस्टुलाबाट पीडित भइनै रहेका छन्। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को सन् २०११ को एक प्रतिवेदन अनुसार नेपालका ४३०० महिला अब्स्टेट्रिक फिस्टुलाबाट पीडित छन्।

नेपालले यौन तथा प्रजनन स्वास्थ्यको सुधार तथा महिलाहरूको प्रजनन अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण प्रगति हासिल गरेको छ । तैपनि गरिब तथा जोखिमपूर्ण अवस्थामा रहेका महिलाहरू ज्यान बचाउन मद्दत गर्ने प्रसव अवस्थाको आकस्मिक उपचार तथा हेरचाह लगायतका गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा सेवाबाट अझैपनि बञ्चित छन्। अझ त्यसमाथि बच्चा वाहिर आउने मार्गमा प्वाल परी त्यहाँबाट बारम्बार दिसा पिसाब चुहिने समस्याबाट पीडित महिलाहरू परिवार तथा समाजबाट अपहेलित र बहिस्कृत हुँदै लाज, शरम र पश्चातापको आगोमा पिल्सिरहेका हुन्छन् ।

त्यसैले अहिलेसम्म अत्यन्त वेवास्ता गरिएको स्वास्थ्य तथा मानवअधिकार सम्बन्धी यस पीडादायक अवस्थाको अन्त्य गर्ने बेला आइसकेको छ । आउनुहोस, एक पुस्ता भित्रै अब्स्टेट्रिक फिस्टुलाको समस्या अन्त्य गर्न प्रयत्न गरौं ।

फिस्टुला समस्या निकारणका लागि गुणस्तरीय यौन तथा प्रजनन्स्वास्थ्य सेवामाथिको पहुँच सुनिश्चित गरी लिङ्गको आधारमा हुने आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै बालविवाह एवं कलिलो उमेरमै बच्चा जन्माउने समस्या रोकथाम गरी शिक्षा तथा मानव अधिकारको वढावा मार्फत, पुरुषहरूको पनि सहयोग जुटाउँदै फिस्टुलाको समस्या भोगिरहेका महिलाहरूको समेत सक्रिय सहभागितामा समाधान पहिल्याउनु आवश्यक हुन्छ । सहयोगको खाँचो परेका सबै महिला तथा किशोरीहरूलाई फिस्टुला उपचार (अपरेसन समेत)को पहुँच उपलब्ध गराउनु फिस्टुला समस्या अन्त्य गर्ने एक महत्वपूर्ण रणनीति हो ।

एक पुस्ता भित्रै फिस्टुला समस्याको अन्त्य गरौं’ भनिने यो वर्षको अन्तर्राष्ट्रिय फिस्टुला दिवसको नाराले विश्व रुपान्तरणको आवाहृन गरेकोछ । हामीले पोलियो, एचआइभी एड्स सहित अरु अनेकन पीडादायक स्वास्थ्य समस्याहरूको निराकरण गर्ने कुरा गरे जस्तै फिस्टुलालाई पनि सबै र सधैका लागि अन्त्य गर्ने कदमहरू चाल्ने प्रतिवद्धता जाहेर गर्नैपर्दछ । यसो गर्नुको अर्थ दीगो विकासको एजेण्डा-२०३० को ‘कसैलाई पनि पछि नछोडौं’ भन्ने आहृवानलाई ध्यान दिनु पनि हो ।

फिस्टुला समस्याको अन्त्य यूएनएफपीएको उच्च प्राथमिकतामा रहेको एउटा क्षेत्र हो । हामी हाम्रा कार्यक्रमहरूमा र नेपाल सरकार लगायत अन्य साझेदार निकायहरूसँगको सहकार्यमा यो प्रयासलाई द्रुत गतिमा अघि बढाइरहनेछौं ।

यूएनएफपीएले नेपाल सरकार सहित अन्य साझेदारहरूसँगको सहकार्यमा सन् २०१० मा सञ्चालन गरेको ‘फिस्टुला समस्या अन्त्य सम्बन्धी विश्वव्यापी अभियान’ ले अब्स्टेट्रिक फिस्टुलालाई एक जनस्वास्थ्य सरोकारको विषयको रुपमा स्थापित गर्दे यसको रोकथाम, उपचार लगायत सशक्तीकरण र पैरवीलाई सहयोग गरेकोछ । यसमा महत्वपूर्ण प्रगति भएकोछ तर अझ धेरै गर्न बाँकी फिस्टुलाको समस्या लिएर बाँचिरहेकी एकजना महिलाको पनि उपचार हुन बाँकी रहेसम्म हामी हाम्रा प्रयासहरु जारि राखिराख्ने छौं ।

यसरी नै फिस्टुला समस्याबाट मुक्त भएर बाँचिरहेका प्रत्येक महिलाले पुनर्जीवन प्राप्त गरी, सामाजिक सम्मानको पुनर्बहाली भएको महसुस गरी, भविष्यका सपना र आशाहरू अनुभूत गर्ने वातावरण नबनेसम्म हामी विश्राम लिन सक्दैनौं ।

मे २३ तारिखका दिन हामीले अन्तर्राष्ट्रिय फिस्टुला दिवस मनाउँदै गर्दा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मोडल अस्पताल, पाटन अस्पताल तथा अन्तर्राष्ट्रिय नेपाल फेलोसिपले फिस्टुला रोगबाट पीडितहरूको उपचार तथा हेरचाह गर्ने आˆनो अथक प्रयासलाई जारी नै राखिरहेका हुनेछन् । तथापि, फिस्टुला समस्याको रोकथाम तथा आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment