Comments Add Comment

विकिपिडियामाथि कति भर गर्न सकिन्छ ?

wikipedia

विकिपिडिया, अनलाईनमार्फत तपाईंलाई केहि जानकारी आवश्यक पर्‍यो भने विकिपिडियामा गएर धेरै जानकारी पाउन सकिन्छ ।

तर, थुप्रै पटक विकिपिडियामा उल्लेख गरिएको जानकारी भरोसा गर्न लायक नहुन सक्छ । किनकी विकिपिडियाको पेजलाई जोसुकै ले एडिट गरेर थप जानकारी राखिदिन सक्छन् ।

विकिपिडियामा अनलाइन रोवोट र ब्याटबाट पनि एडिटिङ गर्ने गरिन्छ । त्यसैले तपाईले केहि काम गर्नै हुनुहुन्छ र जानकारीको जरुरी परेको खण्डमा विकिपिडियामा मात्र निर्भर नहुनुहोस् ।

तर, विकिपिडियामा राखिएको सबै कुरा अविश्वासनीय भने हुँदैनन् । उहि विकिपिडियामा तपाईले यस्तो हरियो रंगको क्रस देख्नुभयो भने त्यसमा तपाईले भरोसा गर्न सक्नुहुनेछ । त्यहाँको जानकारी केहि हदसम्म विश्वसनीय मानिन्छ । त्यसैले त्यहाँ हरियो रंगको प्रयोग गरिएको हो ।

कहिले काहीँ विकिपिडियामा तपाईंले यस्तो पनि देख्न पाउनुहुन्छ । जहाँ एउटा स्टार राखिएको हुन्छ । यसलाई विकिपिडियाको सबैभन्दा विश्वसनीय मानिन्छ । यहाँ जो सुकैले एडिट गर्न झन्झट हुन्छ । अन्य पेजको तुलनामा यहाँको लेखनकला पनि उत्कृष्ट हुन्छ ।

विकिपिडियाबाट जानकारी लिएको समयमा तपाईंलाई अर्को समस्यापनि आउन सक्छ । थुप्रै वेबसाइट र अखबारले विकिपिडियाबाट जानकारी लिन्छन् र पुनः त्यो जानकारी विकिपिडियामै जान्छ । यद्यपि यस्तो अक्सर भुलवसमात्र हुन्छ ।

तर, जानकारी लिनका लागि तपाईं विकिपिडियाकै प्रयोग गर्न चाहनुहुन्छ भने कुनैपनि खेलको अन्त्यमा रिफरेन्स उल्लेख गरिएको हुन्छ । त्यो अवश्य पढ्नुहोस् । त्यहाँ तपाईंले पढ्नुभएको जानकारीको श्रोत उल्लेख गरिएको हुन्छ । विकिपिडियामा राखिएको जानकारीको विश्वसनीयतामाथि शंका नहोस् भनेर श्रोत उल्लेख गरिएको हो ।

विकिपिडियामा तपाईंले हिस्ट्री तथा रिभिजनको पेज पनि देख्न सक्नुहुनेछ । कहिलेकाहीँ तपाईंले कुनैपनि जानकारीमा आएको बदलाव पनि देख्न सक्नुहुन्छ । यसका लागि यो पढ्नुहोस्

विकिपिडियामा संसारभर बोलिने २९३ भाषामा जानकारीका लागि इनसाइक्लोपिडिया तयार भइसकेको छ । यो संसारको सबैभन्दा ठूलो इन्साइक्लोपिडिया हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment