Comments Add Comment

होण्डा अमेजको परिस्कृत संस्करण नेपाली बजारमा

Honda Amez (6)
१० जेठ, काठमाडौं । होण्डा गाडीको नेपाली बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डा अमेजको परिस्कृत भर्सन नेपाली बजारमा भित्राएको छ । स्टाइलिस डिजाइन रहेको नयाँ अमेज सोमबार ललितपुरमा सार्वजनिक गरियो ।

होण्डा अमेजमा पछिल्ला विकसित फिचरहरु राखिएको छ । जसले सवारी चालक र यात्रुलाई विलासिता महशुस गराउँछ । यसको बाहिरी आवरण मात्र नभई इन्टेरियर डिजाइन समेत प्रिमियम क्लासको छ ।

यसमा कन्टिन्युस्ली भेरायवल ट्रान्समिसन (सीभीटी) रहेको छ । यो नै पेट्रोल कारमा सीभीटी टेक्नोलोजी प्रयोग गरेको पहिलो कार भएको कम्पनीको दाबी छ ।
नयाँ अमेजलाई अगाडिबाट हेर्दा बोल्ड र चौडापनको आभाष दिन्छ । नयाँ डिजाइन गरिएको अगाडिको बम्पर र डुअल क्रोम फ्रन्ट ग्रिल, नयाँ क्लासिक रियर कम्बिनेसन लाइटले एक्सटेरियर स्टाइलिङलाई थप आकषिर्त बनाएको छ ।

Honda Amez (1)

यसमा रहेको अर्थ ड्रिम्स टेक्नोलोजी सिरिजको एडभान्स र सुपेरियर सीभीटी टेक्नोलोजीले अझ राम्रो ड्राइभेबिलिटी दिनुका साथै म्यानुअल ट्रान्समिसनमा भन्दा बढी इन्धन बचाउने कम्पनीको दाबी छ ।

१.२ लिटर भीटीइसी पेट्रोल इञ्जिन भएको यो कारले १८.१ किलोमिटर माइलेज दिने बताइएको छ ।

यसमा रहेको ह्यान्डस फ्रि-टेलिफोन सहितको इन्टिग्रेटेड ब्लुटुथ अडियो सिष्टम र मोबाइल फोन अडियो स्टि्रमिङले गाडी चलाँउदा रमाइलो अनुभुती दिलाउँछ । यसमा निट डिजाइन र डिजिटल डिस्प्ले सहितको अटोमेटिक एअर कन्डिसनर रहेको छ ।

कार भित्रको डिजिटल कन्ट्रोलसहितको ठूलो डिजिटल डिस्प्लेले प्रिमियम लुक दिएको छ । सवारी चालकले ट्रिप र गाडी सम्बन्धी महत्वपूर्ण सूचनाहरु ड्राइभिङ रेञ्ज, फ्युल इफिसेन्सी, अम्बाइन्ट टेम्प्रेचर लगायत टाइम मल्टिइन्फरमेसन डिस्प्लेबाट सजिलै थाहा पाउन सक्छन् ।

Honda Amez (4)

नयाँ अमेजको ई, एस, एसएक्स र भिएक्स भेरियन्ट म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । यसका साथै सीभीटी ट्रान्समिसन एस र भिएक्स पेट्रोल ग्रेडस्मा उपलब्ध हुनेछ ।

नेपाली बजारमा नयाँ अमेजको मूल्य २८ लाखदेखि ३० लाख ५० हजार रुपैयाँसम्म रहेको छ । यो कार विभिन्न ७ आकर्षक कलरमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment