Comments Add Comment

सिस्नुपानीले यूएईमा ‘दुई थोपा हाँसो’ छर्ने

Sisnupani

यूएई । एआरएनए यूएईको आयोजनामा हुन लागेको सिस्नोपानी नेपालको श्रममुखी कार्यक्रम ‘दुई थोपा हाँसो’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

एनआरएनए यूएईका युवा संयोजक निश्चल दाहालले उक्त कार्यक्रमका लागि कलाकार मनोज गजुरेल, व्यङ्ग्यकवि टंक आचार्य र योगगुरु डा. राजु अधिकारीको टोली २५ मे बुधबार युएई आइपुग्ने जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा सहसंयोजक समेत रहेका दाहालका अनुसार आगामी २६ तारिख बिहीबार जेबलअलीको पार्को मार्केट छेउमै रहेको एक बिशाल लेबर क्याम्पमा सिस्नुपानीको पहिलो प्रस्तुति रहनेछ । भोलिपल्ट २७ मे, शुक्रबारका दिन रासअल खेमाको एक लेबर क्याम्पमा दिउँसोको समयमा सोही कार्यक्रम आयोजना हुनेछ भने सोही साँझमा दुबईको अलकोजको अल खेल गेटछेउमै रहेको एम्रिल क्याम्पमा मनोज गजुरेलको टोलीले प्रस्तुति दिनेछ ।

कार्यक्रमका लागि अधिकांश नेपालीहरु कार्यरत कम्पनीहरुसँग छलफल भइरहेको र अनुमति पाएको खण्डमा यूएईका कुनै पनि लेबर क्याम्पमा अरु पाि कार्यक्रम आयोजना गर्न सकिने एनआरएनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश श्रेष्ठले जानकारी दिए । कार्यक्रमको सफलताका लागि यूएईका सबै सामाजिक संघसंस्थाहरुसँग छलफल भइरहेको संयोजक श्रेष्ठले बताएका छन् ।

रोजगारीका लागि विदेश आएका नेपालीले हाँस्न र सही तरिकाले जीवनयापन गर्न बिर्सेको अवस्थालाई मध्यनजर गर्दै सिस्नोपानी नेपालले यो कार्यक्रम गर्न लागेको कलाकार मनोज गजुरेलले जानकारी दिए ।

उक्त कार्यक्रमको संयोजन गरिरहेका एनआरएनए यूएईका प्रवक्ता बालकृष्ण मरासिनीले जनमुखी कार्यक्रमबाट नेपालमा अग्नीपीडितहरुका लागि सहभागी दर्शकहरुबाट स्वेच्छाले केही रकम संकलन गरिने जानकारी दिएका छन् । कार्यक्रममा नेपालीहरु निःशुल्क सहभागि हुन सक्नेछन् ।

एनआरएनको आठौं पूर्ण बैठकले सिस्नुपानी नेपालको उक्त कार्यक्रमलाई यूएईव्यापी बनाउने त्यसका लागि आफ्ना सबै क्षेत्रीय समिति र यूएईका सबै क्रियाशील नेपाली संघसंस्थाहरुलाई समाहित गराउने लक्ष्य राखेको थियो ।

लेबरक्याम्पमै गएर कार्यक्रम गर्न लागिएका कारण कार्यक्रम सफल बन्ने एनआरएनए यूएईका महिला संयोजक कल्पना राईले विश्वास व्यक्त गरिन् ।

दर्शकहरुले निःशुल्क सहभागी हुन सक्ने उक्त कार्यक्रममा स्पोन्सर गर्ने व्यावसायीले प्रदान गर्ने रकम र स्वतस्फुर्त रुपमा उठेको रकम नेपालका विभिन्न भागमा भएका अग्निपीडितहरुको सहयोगमा खर्च गरिने एनआरएनए यूएईका अध्यक्ष सुदीप कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment