Comments Add Comment

पुरुषका लागि आयो पिसाब फेेर्ने कण्डम झोला, अब बारम्बार ट्वाइलेट जानु नपर्ने

condom bagकतै हिँडेका बेला पिसाबले च्याप्याे तर पिसाब गर्ने ट्वाइलेट छैन । गाडी चलाइरहेका बेला जाममा फसियो तर पिसाबले निकै सतायो।

घरमै भएका बेला पनि बारम्बार पिसाब लागिरहन्छ तर विभिन्न कारणले ट्वाइलेट सम्म जान सक्ने अवस्था वा इच्छा छैन । यस्तो अवस्थामा पिसाब राेकेर राखिराख्ने कुरा भएन । पिसाबले च्याप्नु स्वास्थ्यका लागि हानिकारक पनि हुन्छ । यी सबै कठिनाइलाई दृष्टिगत गरी वैज्ञानिकहरुले एउटा उपाय निकालेका छन् ।

कण्डम जस्तै रुपको यो डिभाइसमा अघिल्लो भागमा रबर ब्याग रहेको छ जसमा पिसाब जम्मा हुन्छ ।

यो ब्यागलाई धोएर सफा गर्न सकिन्छ । यसलाई जिउमा बाँधिएको हुन्छ र अघिल्लो टुप्पो लिंगमा पहिरिइन्छ । अब चाहिँ पिसाब लाग्ने बित्तिकै ट्वाइलेट धाइहाल्नु पर्दैन । पूरै दिनभरि नै यसले काम दिन्छ ।

हिवी गो एक्टिभ नामक यो सामान उत्पादन गर्ने कम्पनीका प्रवक्ताका अनुसार यो प्रयोग गर्नका लागि पूर्ण रुपमा स्वस्थ छ । यसलाई कम्बरमा बाँध्नका लागि एडजस्टेबल बेल्ट दिइएको हुन्छ जुन ४० इन्च सम्मको कम्मरलाई पुग्दछ ।

प्रवक्ताका अनुसार यो डिभाइसलाई अनलाइन मार्फत उपलब्ध गराइनेछ र यो वर्षको अन्त्यसम्ममा बजारमा सर्वसुलभ बनाइनेछ । हाल भने कष्टम ड्राइभबाट यो प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment