Comments Add Comment

फास्ट ट्रयाकलाई ५ अर्बमात्र बजेट

Kathmandu-Nijagadh-Fast-Tra११ जेठ, काठमाडौं । सरकारले स्वदशी लगानीमा निर्माण गर्ने घोषणा गरेको काठमाडौं तराई फास्ट ट्रयाकका लागि करिब ५ अर्ब मात्र बजेट बिनियोजन गरेको छ ।

एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाक सरकारले नीति तथा कार्यक्रममा स्वदेशी लगानीबाट बनाउने घोषणा गरेको थियो । आजको अन्नपूर्णमा समाचार छ । चालू आर्थिक वर्षमा फास्ट ट्रयाकलाई एक अर्ब रूपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आफैँ बनाउने घोषणा गरेकाले निकै बढी रकम विनियोजन हुने अपेक्षा गरिएको थियो । ‘आउने आर्थिक वर्षबाट काम थाल्नका लागि मात्र बजेट विनियोजन गरिएको हो,’ स्रोतले भन्यो,’काम भयो भने त बजेट अभाव हुन्न, अरू स्रोतबाट पनि जुटाउन सकिन्छ ।’

काठमाडौं जिल्लामा पर्ने भागमा अधिग्रहणको विवादका कारण ट्र्याक खोल्ने काम सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment