Comments Add Comment

विकिपेडियामा कत्तिको विश्वास गर्नुहुन्छ ?

wikipideaविकिपेडिया ! जब अनलाइनमा केही जानकारी खोज्नुछ तब विकिपेडियामा गएर विस्तृतमा जानकारी हात पार्न सकिन्छ ।
निशुल्क विश्व ज्ञानकोषको रुपमा रहेको विकिपेडियाबाट धेरै ज्ञानकुनका कुरा तथा तथ्यहरु थाहा पाउन सकिन्छ ।

तर कहिलेकाहीँ विकिपेडियामा पाइएको जानकारीमा पूर्ण रुपमा भर पर्न भने सकिँदैन । किनकी विकिपेडियाको पेजलाई जो सुकैले पनि सम्पादन गर्न सक्दछ र आफ्नो जानकारी हालिदिन सक्दछ । जुन आधिकारिक नहुन सक्दछ ।

कहिलेकाहीँ यस्तो इडिटिंगलाई अनलाइन रोबोट तथा बट मार्फत पनि गराइन्छ । त्यसैले तपाइँ कार्यालयको वा पढाइलेखाइको कुनै काम गर्दै हुनुहुन्छ भने जानकारीका लागि विकिपेडियाको पूर्ण भर पर्नु हुँदैन ।

तर विकिपेडियामा भएका सबै कुरा गलत नै हुन्छन् भन्न चाहीँ सकिँदैन । विकिपेडियामा लेखिएका वाक्यहरुमा कुनै आधिकारिक श्रोत खुलाउने निलो संकेत पाउनुभयो भने ती कुराहरु आधिकारिक भनेर ढुक्क भएहुन्छ । विकिपेडियाको उक्त सन्दर्भ सामाग्री पाठको अन्तिममा पनि दिइएको हुन्छ ।

कहिलेकाही विकिपेडियामा तपाइँले यस्तो पेज पनि देख्नुहुन्छ जहाँ एउटा स्टार दिइएको हुन्छ । यसलाई विकिपेडियाको सबैभन्दा विशेष, आधिकारिक तथा श्रोत खुलाइएको र विश्वसनीय जानकारी सहितको फिचर्ड आर्टिकल पेज भनिन्छ । यसमा दिइएको जानकारी तपाइँले ढुक्क भएर प्रयोग गर्दा हुन्छ ।

विकिपेडियाबाट जानकारी लिइरहेको बेला एक अर्को समस्या आउनसक्छ । वेबसाइट तथा अखबारहरुले विकिपेडियाबाट जानकारी लिन्छन् र फेरी उहीँ जानकारी विकिपेडियामै मिल्दछ । अर्थात् सूचना तथा श्रोतमा दोहोरोपना आउँदछ ।

त्यसैले यदि तपाइँले कुनै जानकारीका लागि विकिपेडिया प्रयोग गर्न चाहनुहुनछ भने कुनैपनि लेखको तल दिइएको साइटेसन अवश्य हेर्नुहोस् । यसले उक्त लेख वा त्यसमा भएका जानकारीहरुको श्रोतबारे बताउनेछ ।

विकिपेडियामा तपाइँले हिस्ट्री वा रिभिजनको पेज पनि देख्न सक्नुहुन्छ । कहिलेकाहीा तपाइले कुनैपनि जानकारीमा आइरहेको परिवर्तन पनि देख्न सक्नुहुनछ ।

विश्वमा २९३ भाषामा विकिपेडिया उपलब्ध छ । यो दुनियाको सबैभन्दा ठूलो इनसाइक्लोपेडिया हो र करोडौँले यसको नियमित प्रयोग गर्दै आएका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment