Comments Add Comment

लामखुट्टे नियन्त्रण नीति फेल हुँदा जिका फैलियो

mosquito_zikaजिका भाइरसको डरलाग्दो फैलावट हुनुमा  लामखुट्टे नियन्त्रण नीतिको व्यापक असफलता मुख्य कारण रहेको विश्व स्वास्थ्य संगठनले ठहर गरेको छ । डब्लुएचओकी प्रमुख डाक्टर मार्गरेट चानले यस्तो बताएकी हुन् ।

जिका भाइरसको संक्रमण हालसम्म ८ भन्दा धेरै देशमा फैलिसकेको छ । लामखुट्टेका कारण सर्ने यो भाइरस अहिले अपि|mकासम्म पुगिसकेको छ ।

विशेषज्ञहरुले गर्मी महिनासम्ममा यो भाइरस युरोपसम्मै पुग्ने अनुमान गरेका छन् ।

जिका भाइरसले गर्भमा हुर्किरहेको शिशुमा शारीरिक तथा मानसिक विकाशमा अवरोध सिर्जना गरी गम्भीर समस्या तथा विकार पैदा गरिदिन्छ । जिका भाइरसको डरलाग्दो फैलावटकै कारण डब्लुएचओले विश्वमा जिका भाइरस संकटकाल पनि घोषणा गरिसकेको छ ।

प्रमुख डाक्टर चानका अनुसार जुन संक्रमण आपतकाल बन्दछ त्यसले प्रभावित देशहरुको खास कमजोरीलाई उजागर गर्दछ । यसले रोगको रोकथामको तयारीको कमी देखि लिएर सबैको सामूहिक असक्षमतालाई समेत दर्शाउने उनले बताइन् । उनका अनुसार जिकाको संक्रमणले मानिसमा परिवार नियोजनका सेवामा व्यापक पहुाच नभएको तथ्य पनि उजागर गरेको छ ।

ल्याटिक अमेरिका तथा कैयन् क्यारेबियन देशहरुमा नचाहेको गर्भाधारण गर्ने  र बच्चा जन्माउने धेरै चलन छ । र यहीँ क्षेत्र जिका भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र हो ।

जिका भाइरसको खोप अहिलेसम्म बननिसकेको हुँदा रोग लाग्दै नदिन बचावटका उपाय गर्नु सबैभन्दा राम्रो विकल्प हुने उनको भनाइ छ । महिलाहरुले आफैले आफैलाई लामखुट्टेले टोक्नबाट बचाउनु पर्दछ । अनिच्छित तथा जोखिमपूर्ण अवस्थामा गर्भाधारण नगर्ने तथा जिका भाइरस फैलिरहेको क्षेत्रमा यात्रा नगर्ने उपाय अपनाउनुपर्ने डाक्टर चानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment