Comments Add Comment

घाइते गर्लफ्रेण्डको सेवा गर्नेलाई पुरस्कारको प्रस्ताव

zoe-schaffer1ग्रेनेडियन्सको युनियन टापुमा रहने एक युवकले आफ्नी बिरामी गर्लफ्रेण्डको सहयोगका लागि अनलाइन मार्फत गुहार मागेका छन् ।

२९ वर्षका जेरेमी ट्रोनोटकी गर्लफ्रेण्ड एक दुर्घटनामा घाइते भएकी थिइन् । जसका कारण जोए स्क्याफर अहिले ओछ्यानमै रहनुपरेको छ र हिँडडु गर्न सक्दिनन् ।

ओछ्यानमा परेकी आफ्नी गर्लफ्रेण्डको हेरचाह तथा उनलाई नियमित रुपमा फिजियोथेरापी गराएर सञ्चो पारिदिनेलाई उनले अनौठो पुरस्कारको घोषणा गरेका छन् । यस्तो काम गरेर गुन लगाउनेलाई आफुले क्यारेबियन टापु घुम्ने खर्च दिने उनको घोषणा छ ।

२७ वर्षकी जोएलाई निको हुनका लागि ५ महिनासम्म फिजियो थेरापी गर्नु आवश्यक छ । ब्यायप फ्रेण्ड जेरेमीले काइट सफिर्ंग सेन्टर चलाउने भएकाले उनलाई दिनभरी प्रेमिकाको सेवा गरेर घरमै बस्न फुर्सद मिलेन । त्यसैले उनले फेसबुकमार्फत यस्तो अपील पोष्ट गरेका छन् ।

प्रेमिकालाई पुनः हिँडडुल गर्नसक्ने बनाउनका लागि आफू जे पनि गर्न तयार भएको उनी बताउँछन् । त्यसैले प्रेमिकाको सेवा तथा स्याहार गर्ने मानिसलाई घुम्नका लागि मोटो रकम दिने प्रस्ताव उनले गरेका छन् । उनले फेसबुकमा गरेको यस्तो अपिल निकै चर्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment