Comments Add Comment

बजेटको सिलिङ बढाएर सरकारले आर्थिक अनुशासन मिच्दैछः डा. पोखरेल

किसानलाई पेन्सन र कर्मचारीको तलब वृद्धिले समस्या पर्ने

budget 2073-74११ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सरकारले जथाभावी बजेटको सिलिङ बढाएर आर्थिक अनुशासन मिच्न लागेको आरोप लगाएका छन् ।

बजेटको सिलिङ बढाउँदा आर्थिक अराजकता निम्तिने पोखरेलको भनाइ छ । ‘सुन्दैछु, सरकाले योजना आयोगले दिएको भन्दा १ खर्ब रुपैयाँभन्दा बढीले आकार बढाउँदैछ,’ पोखरेले अनलाइनखबरसँग भने- ‘प्राविधिकरुपमा बढाइएको यो सिलिङले आर्थिक अराजकता निम्तिन्छ र मूल्यवृद्धि हुन्छ ।’

आन्तरिक ऋण र वैदेशिक ऋण उठाएर किसानलाई पेन्सन दिने, वृद्धभत्ता बढाउने, सरकारी कर्मचारीको तलब बढाउने जस्ता कामहरुले गर्दा समस्या उत्पन्न हुने उनले बताए ।

आगामी बजेटका लागि सरकारले राजस्व र आन्तरिक ऋणबाट साढे ५ खर्ब जुटाउने तयारी गरेको छ । त्यसैगरी चालू आर्थिक वर्षको बचत रहेको बजेटबाट १ खर्ब र बाँकी ३ खर्ब वैदेशिक सहायताबाट जुटाउने गरी ९ खर्बको बजेट तयार पार्न लागेको डा. पोखरेलले बताए ।

पुनर्निर्माणमा भएको २ खर्ब र त्यसबाहेक बाँकी १ खर्ब रुपैयाँ वैदेशिक सहायताको आश गरिएको हुन सक्ने उनले बताए । ‘अर्को बर्षका लागि अहिले नै १ खर्ब ऋण उठाएर वितरणमा खर्च गरियो भने अर्को सरकारले के गर्ने ?’ पोखरेलले भने-‘अहिलेका युवाले बेरोजगार भत्ता खोजेका हैनन्, रोजगारी खोजेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment