Comments Add Comment

“जिन्दगी रक्स” हेर्न नायिका बिष्ट तथा नायक तुलाधर न्युयोर्कका दर्शक माझमा

aseka bista _saurav raj_usa (2)वाशिंगटन डिसी । न्युयोर्कमा गत मे २२ तारिख हरेक बर्गका मानिसहरुको जीवनको यात्रालाई परिकल्पना गर्दै तयार पारीएको नेपाली चलचित्र “जिन्दगी रक्स” प्रदर्शन गरिएको छ ।

उक्त चलचित्रको अवलोकन पश्च्यात न्यूयोर्कमा रहेका नेपाली दर्शकले राम्रो सकारात्मक प्रतिक्रिया दिदै राम्रो चलचित्र लागेको बताएका छन् ।

चलचित्रमा अकेशा बिष्ट ,सौरम राज तुलाधर, प्रक्रिती श्रेष्ठ, सोनम पाह्रिन, बिक्की पुलामी, मकन राइ, रिचा शर्मा ,राजेन्द्र खड्की तथा बिनोद मैनालीको मुख्य भूमिका रहेको छ  ।  निकेश खड्काको निर्देसन तथा निर्माता बिरेन्द्र राज तुलाधर तथा सुजाता श्रेष्ठको संयुक्त हातेमाले रहेको छ ।

चलचित्र नायिका अकेशा बिष्ट पत्रकारिता बिषयमा न्युयोर्कमा अध्ययनरत छिन भने उक्त चलचित्रका नायक सौरम राज तुलाधर पनि अभिनयको लागि न्युयोर्क मै अध्यनरत छन् ।

नायिका अकेशा बिष्ट तथा नायक सौरम राज तुलाधरले बिदेशमा त्यस्मा पनि न्यु योर्कमा आफुले अभिनय गरेको चलचित्र प्रदर्शन गर्नु र नेपाली दर्शक माझ संगै हेर्न पाउनु हाम्रो लागि सौभाग्य हो भने ।  हामीले अभिनय गर्ने हो तर दर्शकले चलचित्रलाई मुल्यांकन गर्ने हो भन्दै दर्शकले राम्रो भनि दिएकोले हामी निकै उत्साहित भएको नायक तुलाधर तथा नायिका बिष्टले एकै स्वरमा बताए ।

नेपालमा प्रदर्सन भई सकेको चलचित्र ‘जिन्दगी रक्स’ ले नेपालीहरुको उत्साह्जनक समर्थन र प्रशंसा पाए को थियो l नेपालमा राम्रो चर्चा बटुलेको कारण न्यूयोर्कमा उक्त चलचित्रको माग भएकोले प्रदर्शन गरिएको हो ।

कलाकारहरु नायिका बिष्ट तथा नायक तुलाधर को साथै बिक्की पुलामी पनि न्यूयोर्क आइ पुगेका छन ।   मे २२ २०१६ आईतवार न्यूयोर्कको ह्योल्मो सामुदायिक चलचित्र मन्दिरमा प्रदर्सन गरिएको चलचित्रमा न्यूयोर्कमा बस्ने नेपालीहरुको बाक्लो उपस्थितीले नेपालबाट आयका कलाकार र आयोजक सैलेश श्रेष्ठ निकै उत्साहित भएका छन् ।

दर्शकले चलचित्र गुणात्मक लागेको बताउदै कलाकारहरुसँग तस्बिर खिचाएका थिए भने केहि दर्शक ले न्यूयोर्कमा पुन प्रदर्सन गर्न आग्रह तथा सुझाब दिएका थिए ।

जिन्दगी रक्स चलचित्र पुन: न्यूयोर्क, टेक्सास ,लगायत अन्य राज्यहरुमा प्रदर्सन हुने जानकारी आयोजक सैलेश श्रेष्ठले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment