Comments Add Comment

कमल थापाको नेतृत्वमा वार्ता हुँदैनः तमलोपा महामन्त्री

केपी ओली वा प्रचण्डलाई नेतृत्व लिन आग्रह

jitendra sonal (2)

११ जेठ, काठमाडौं । सरकार र मधेसी मोर्चावीचको वार्तामा उपप्रधानमन्त्री कमल थापा बाधक देखिएका छन् । मोर्चाका नेताहरुले कमल थापाको नेतृत्वमा वार्तामा नबस्ने र यसको पहल प्रधानमन्त्री केपी शर्मा ओली वा माओवादी अध्यक्ष प्रचण्डले लिनुपर्ने बताएका छन् ।

सरकारले यसअघि विवाद समाधानका लागि कमल थापाको नेतृत्वमा एक सदस्यीय राजनीतिक समिति गठन गरेको थियो । तर, मोर्चाका नेताहरुले संघीयताविरोधी एवं परिवर्तनका विरोधीलाई संयोजक बनाइएको भन्दै कमल थापाको नेतृत्व स्वीकार गर्न नसकिने अडान राख्दै आएका छन् । यही विवादका कारण तीन महिनायता सरकार र मोर्चावीच औपचारिक वार्ता हुन सकेको छैन ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मोर्चालाई लेखेको पत्रमा पनि कमल थापाबारे भएको विवादतर्फ संकुृेत गरिएको छ । प्रधानमन्त्री ओलीले कमल थापाको गणतन्त्र र परिवर्तनप्रतिको प्रतिवद्धतामाथि शंका नगर्न आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

केपी ओलीको चिठीः ‘त्योचाँहि अलि ज्यादै आग्रहयुक्त भयो

यसैवीच तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले अनलाइनखबरसँग कुरा गर्दै कमल थापाको नेतृत्वमा हुने वार्तामा आफूहरु नबस्ने बताए । उनले वार्ताको नेतृत्व प्रधानमन्त्री केपी ओली वा प्रचण्डले गर्नुपर्ने बताए ।

‘संघीयता विरोधी, परिवर्तन विरोधीले के निकास दिन्छन् ? उच्चस्तरीय वार्ता समिति बनाइनुपर्छ, हामी वार्ताका लागि तयार छौं,’ सोनलले अनलाइनखबरसँग भने, ‘३२/३३ चोटि वार्ता भइसक्यो, वार्ताको नेतृत्व गर्नेले म सोधेर खबर गर्छु भन्छन्, अब जसले निर्णय गर्ने हो, ऊ आफैं वार्तामा बस्नुपर्छ ।’

अबको वार्ता विगतको जस्तो नभई निर्णायक एवं सार्थक हुनुपर्ने सोनलले बताए । यसका लागि प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा पहल गरे उचित हुने उनले बताए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment