Comments Add Comment

त्रिपक्षीय बैठकमा मधेसी मोर्चा अनुपस्थित, माओवादीबाट बादल र मातृका सहभागी

Madhesi-morcha११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आहृवान गरेको त्रिपक्षीय बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अनुपस्थित भएको छ ।

मधेसी मोर्चा अनुपस्थित भएपछि अहिले सत्तारुढ र विपक्षी दलहरु छलफलमा जुटेका छन् । बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महेश आचार्य छन् ।

एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ प्रकाशसँगै रामबहादुर थापा बादल र मातृका यादव पनि उपस्थित छन् । हालै मात्र पार्टी एकतामा आएका बादल र मातृका पार्टी एकतापछि पहिलो पटक शीर्ष बैठकमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री कार्यालयले मधेसी मोर्चा आवद्ध दलका नेताहरुलाई फोन गरेर नै वैठकबारे जानकारी गराएका थिए । लगतै प्रधानमन्त्रीले वार्ताको आहृवान गर्दै मधेसी मोर्चालाई पत्र समेत पठाएका छन्  ।

तर, मधेसी मोर्चा बैठकमा सहभागी भएन । मधेसी मोर्चामा आवद्ध दलहरुले अहिले संघीय गठवन्धनको नाममा आन्दोलन गरिरहेका छन् ।

अहिले गठवन्धनले आन्दोलन गरिरहेकाले त्यसलाई नै वार्तामा बोलाउनु पर्ने उनीहरुको माग छ । संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले भने, सरकारले फुटाउ र राज गरको नीति लियो । गठवन्धनले आन्दोलन गरिरहेको छ । त्यसलाई वार्तामा बोलाउनु पर्छ । मधेसी मोर्चालाई बोलाएर हामी जाँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment