Comments Add Comment

युरोकपका लागि इटालीको टोलीमा पिर्लो र बालोटेली परेनन्

Pirlo-n-Baloteli११ जेठ, काठमाडौं । भेट्रान मिडफिल्डर आन्द्रे पिर्लो र एसी मिलानका स्ट्राइकर मारियो बालोटेलीले दुई सातापछि फ्रान्समा हुने युरोकप फुटवलका लागि इटालीयन टोलीमा छनोट हुन असफल भएका छन् ।

प्रशिक्षक एन्टेनियो कोन्टेले सार्वजनिक गरेको ३० जनाको सेमिफाइनलिष्ट सूचीमा यी दुई हाइ प्रोफाइल खेलाडीले स्थान पाएनन् । प्रशिक्षक कोन्टेले आगामी मे ३१ मा २३ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नेछन् ।

अमेरिकाको न्युयोर्क सिटी क्लवबाट व्यवयासिक फुटबल खेलिरहेका ३७ बर्षीय पिर्लो गत सेप्टेम्बरमा युरोकप छनौटमा बुग्लेरिया बिरुद्धको खेलयता टोलीमा समावेश छैनन् । यता बालोटेली लिभरपुलबाट लोनमा एसी मिलान आएयता सिरी एमा उनले मात्र १ गोल गरेका थिए ।

यता वेष्ट हृयामका डिफेण्डर एंगेलो ओग्बोन्ना, म्यान्चेस्टर युनाइटेडका सेन्टर डिफेण्डर माटि्टयो डर्मीयान र साउथहृयाम्टनका स्ट्राइकर ग्राजियानो पेल्लेभने टोलीमा पर्न सफल भएका छन् भने युभेन्टसका मिडफिल्डर क्लाउडियो मार्चिसियोभने यसअघि नै घुँडाको इन्ज्यूरीका कारण टोलीबाट बाहिर भइसकेका छन् ।

सन् १९६८ को संस्करणको उपाधि बिजेता इटाली यस युरोकपको बेल्जियम, स्वीडेन र आयरल्याण्डसँगै समूह इ मा परेको छ । यस पटकको युरोकप प|mान्समा आगामी १० जुनदेखि १० जुलाईसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment