Comments Add Comment

‘एभिन्यूज पिक्चर्स’को घोषणा, जीवन अब ‘देवकोटा’ बन्ने

avenews pictures
नेपालको चर्चित टेलिभिजिन एभिन्यूज ले अब ‘एभिन्यूज पिक्चर्स’को मार्फत चलचित्र निर्माण गर्ने भएको छ । अहिले धमाधम ५ वटा चलचित्र तयार पारिदैछ, जसले नेपालको कला, संकृतीलाई झल्काउनेछन् ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ‘एभिन्यूज पिक्चर्स’को औपचारिक घोषणा गरिएको छ । सूचना तथा संचारमन्त्री शेरधन राइले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा ‘देवकोटा, रिंगटा, लामा ला, जोसेफ द मंक, पाप पोखरी’ नाम गरेका ५ चलचित्र घोषणा गरिएको हो ।

‘एभिन्यूज पिक्चर्स’का अध्यक्ष भाष्करराज कणिर्कारले भने-‘नेपाली चलचित्रको भविष्य मौलिक र समानान्तर फिल्म निर्माणमा टिकेको छ । हामीले पनि यस्तै प्रकारका चलचित्र निर्माण गर्ने उद्देश्यका साथ पहिलो चरणमा ५ चलचित्र निर्माणको घोषणा गरेका हौं ।’ यी ५ मध्ये चलचित्र ‘रिंगटा’ निर्माण भैसकेको छ । चलचित्र ‘लामा ला’ पोष्ट प्रोडक्शनको क्रममा रहेको निर्देशक निश्चल पौडेलले जानकारी दिए । avenews pictures pgm

यी ५ वटै चलचित्रलाई निश्चलले नै निर्देशन गरेका हुन् । निश्चलका अनुसार मौलिक नेपाली चलचित्रलाई विदेशी बजारमा पुर्‍याउनका लागि यी चलचित्रहरु तयार पारिनेछ ।

चलचित्र ‘रिंगटा’ले सन् २०१५ मा नर्थ क्यारोलिनाको ट्रोयन अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड पनि पाइसकेको छ । ‘लामा ला’लाई एक अमेरिकन कम्पनीले ८० हजार डलरमा खरिद गरिसकेको कार्यक्रममा जानकारी गराइयो । चलचित्र ‘देवकोटा’मा नायक जीवन लुइटेल मुख्य भूमिकामा रहनेछन् भने ‘जोसेफ’मा केकी अधिकारी मुख्य भूमिकामा रहनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment