Comments Add Comment

कांग्रेसले सरकारलाई भन्यो-वार्ताको वातावरण बनाऊ

Gov-congress-barta

११ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मधेसी मोर्चासँग वार्ताका लागि वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सत्तारुढ दल, प्रमुख विपक्षी कांग्रेस र मधेसी मोर्चासहितको त्रिपक्षीय बैठक बोलाएका थिए । तर, बैठकमा मधेसी मोर्चा अनुपस्थित भएपछि प्रमुख विपक्षी कांग्रेसले अनौपचारिक सम्वाद गरेर वार्ताको वातावरण बनाउन सरकारलाई सुझाव दिएको छ ।

कांग्रेसले वार्तालाई परिणाममुखी बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ । बैठकपछि कांग्रेस नेता महेश आचार्यले भने, ‘जुन कुराका लागि वार्ता बोलाइएको हो, उहाँहरु नै नआएपछि धेरै कुराकानी भएन ।’

उनले अघि भने, ‘राजनीतिक समितिको क्षेत्राधिकार लगायतका विषयमा पनि छलफल गरेर वार्ताको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छौं ।’

कानुनमन्त्री अग्नि खरेलले वार्ताका लागि भइरहेको प्रयासबारे प्रमुख विपक्षी दललाई जानकारी गराइएको बताए । मधेसी मोर्चासँग सल्लाह गरेर बैठक राखिएको भएपनि आज विहान आउन नसक्ने भनेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment