Comments Add Comment

अनुगमन टोलीलाई कालो झण्डा देखाउने मोर्चाका नेता पक्राउ

morcha-ka-neta-pakrau

११ जेठ, रौतहट । हुलाकी सडक अनुगमन गर्न आएको व्यवस्थापिका ससदको प्रतिनिधि टोलीलाई कालो झण्डा देखाउने मोर्चाका ७ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

हुलाकी राजमार्गको अवस्था अनुगमन गर्न आएको संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारी सहितको टोलीलाई जिल्ला विकास समितिको सभाकक्षमा मोर्चाका नेताहरुले कालो झण्डा देखाउँदै नारावाजी गर्नथाले पछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।

अनुगमन पश्चात जिल्ला विकास समितिको सभाकक्षमा नागरिक समाज, राजनितिक दल र स्थानियहरु सँग अन्तरक्रिया गरिरहेको बेला ‘मधेस विरोधीलाई कुनै कार्यक्रम गर्न नदिने’ भन्दै मोर्चाका नेताहरुले विरोध गरे ।

संसदीय टोलीलाई कालो झण्डा देखाए पछि प्रहरीले सदभावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेद, अजय गुप्ता, तराई मधेश लोकतान्त्रीक पार्टीका अनिल सिंह, प्रकाश भाई, लड्डु राय पटेल, महिला नेतृ किरण ठाकुर, शोभा साह लाई पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment