Comments Add Comment

क्रिस गेलले गरे ‘अशिष्ट’ अभिव्यक्तिको बचाऊ, भन्छन् ठट्टा गरेको थिएँ

Chris-Gayle

११ जेठ, काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई केही समयअघि ‘यौनजन्य’ प्रतिक्रिया दिएर विवादमा आएका थिए ।

अघिल्लो सिजनको बिग ब्यास लिगका क्रममा लाइभ इन्टरभ्यू दिँदै उनले टेलिभिजनकी रिपोर्टरलाई सँगै डि्रंक्स गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावबाट पत्रकारले असजिलो महसुस गरेपछि उनले भनेका थिए, ‘डन्ट ब्लस बेबी (नलजाउ बच्ची) ।’

गेलको उक्त शैलीको धेरै क्रिकेटरले आलोचना गरेका थिए । यसवापत सम्वन्धित क्लबले गेललाई १० हजार डलर जरीवाना पनि तिराइएको थियो ।

आफ्नो प्रकाशोन्मुख आत्मकथामा गेलले उक्त अभिव्यक्तिको बचाउ गरेका छन् ।  आफूले टेलिभिजनकर्मीसँग ठट्टामा कुरा गरेको उनको तर्क छ ।

गेलले लेखेका छन्, ‘टी-२० भनेको परम्परागत टेस्ट क्रिकेट जस्तो होइन । यो रमाइलो मुडमा खेलिने खेल हो । म सायद अन्तरवार्ता दिँदा पनि टी-२० को मुडमा नै थिएँ । म अमर्यादित भएको होइन । मैले त्यसलाई गम्भीररुपमा लिइयोस भन्ने चाहेको थिइनँ ।’

त्यतिबेला आफ्नो अन्तरवार्ता सुनेर टेलिभिजनको कमेन्ट्री समूह मज्जाले हाँसेको उनले उल्लेख गरेका छन् । गेल लेख्छन्, ‘तर, उनीहरुभन्दा माथिको कसैले यसलाई उछालेर के के न घटनाजस्तो बनाइदिए ।’

उक्त घटनामाथि सबैभन्दा कडा प्रतिक्रिया जनाएका अष्ट्रेलियन ब्याट्सम्यान क्रिस रोगर्सको गेलले खेदो गरेका छन् । उनले लेखेका छन्, ‘रोगर्स, अर्को पल्ट मुख खोल्नु अगाडि मुला चपाउने गर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment