Comments Add Comment

बसन्त मिश्रलाई पाटा प्रेसिडेन्सियल अवार्ड

Pata-Bashanta-Mishra
११ जेठ, काठमाडौं । पर्यटन व्यवसायी बसन्त मिश्र पाटा प्रेसिडेन्सियल अवार्डबाट सम्मानित भएका छन् । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा)को अमेरिकामा भएको ६५औं साधारणसभामा उनी सम्मानित भएका हुन् ।

टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्र पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष हुन् । चार दशकदेखि पर्यटन उद्योगमा रहेर योगदान पुराएको भन्दै पाटाले उनलाई प्रेसिडेन्सियल अवार्डबाट सम्मानित गरेको हो ।

साधारणसभामा तीस देशबाट ५ सय ८० जनाको सहभागिता रहेको थियो । सहभागीहरु पर्यटन उद्योगका विभिन्न विधाहरु एयरलाइन्स, होटल, ट्राभल, इन्स्टिच्यूट, विज्ञ, मिडिया, सम्बन्धीत देशको पर्यटनसँग सम्बन्धी सरकारी संस्था रहेका थिए ।

साधारणसभामा भाग लिन पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेको नेतृत्वमा ७ जना अमेरिका गएका छन् । त्यहाँ नेपाली पर्यटन प्रवद्र्धन गर्ने खालका क्याम्पियनहरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment