Comments Add Comment

रेल्वे पूर्वाधारलाई साढे १८ अर्ब बजेट

११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रत्येक भाषणहरुमा रेलको कुरा गर्न छुटाउँदैनन् । उनकै भाषणको लय बमोजिम सरकारले आगामी आर्थिक वर्षको बजेटमा रेल्वे सम्वन्धि पूर्वाधारका लागि करिब साढे १८ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ ।

railway-4रेलको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) र स्तरोेन्नतिका लागि उक्त रकम विनियोजन गर्न लागिएको हो । त्यसका लागि राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १८ अर्ब ४६ करोड रुपैयाँको बजेट सिलिङ दिएको आयोगकी सदस्य डा. सुमित्रा अमात्यले अनलाइखबरलाई जानकारी दिइन् । अमात्यका अनुसार आवश्यकता परे अर्थ मन्त्रालयले स्रोतान्तर गरेर भएपनि थप रकम निकासा गर्नेछ ।

यो बजेट चालू आर्थिक वर्षको भन्दा अढाई अर्ब रुपैयाँले बढी हो । चालू आर्थिक वर्षमा पनि सरकारले रेलका लागि १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अहिलेसम्म सो विनियोजित बजेटमध्ये ५ प्रतिशत पनि खर्च भएको छैन । ‘रेलका लागि विगतमा छुट्याइएको बजेट र खर्चको प्रवृत्ति अत्यन्तै निराशाजनक छ,’ अमात्यले भनिन्- ‘खर्चको अवस्था निराशाजनक नहोस् भनेर आगामी आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेगरी बजेट बिनियोजन गरेका हौं ।’

सबै गरेर रेलका लागि मात्रै ५ सय हेक्टरभन्दा बढी जग्गा अधिकरण गर्नुपर्ने देखिएको उनको भनाई थियो । अमात्यका अनुसार अहिले ५ किलोमिटर रेलको ट्रयाक खोल्ने काम भइरहेको छ । ३७२ किलोमिटरको डीपिआर भइसकेको उनको भनाइ छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा ७८ किलोमिटर लामो मेट्रो रेलको डीपीआर तयार गरी पेस गर्ने, रसुवागढी-काठमाडौं-पोखरा-लुम्बिनी हुँदै भारतीय सीमासम्म रेलवे सेवा सञ्चालन गर्न सरकारले विशेष प्राथमिकता दिएको उनले बताइन् ।

त्यस्तै, पूर्वपश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्नुपर्नेछ । एक वर्षभित्र ३० किलोमिटर लामो बर्दिया-सिमरा रेलमार्ग, २९२ किलोमिटर लामो बर्दिबास-काँकडभिट्टाको, ४ सय किलोमिटर लामो बुटवल-गड्डाचौकीको विस्तृत प्रतिवेदन र निजगढ-हेडौडा-भरतपुर खण्डमा रेल्वेको संभाव्यता अध्ययन गरी प्रतिवेदन गर्नुपर्ने छ ।

निजगढ-भरतपुर क्षेत्रमा रेल्वे सञ्चालन गर्नका लागि १ सय ३५ हेक्टर जग्गा अधिकरण गर्नुपर्ने देखिएको अमात्यले सुनाइन् । रेल सेवा ‘मास ट्रान्सपर्ट’ भएकाले सरकार गम्भीर भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment