Comments Add Comment

संविधानको प्रति सर्बोच्च शिखर सगरमाथामा पुर्‍याइयो

Anish-Luiutel

११ जेठ, काठमाडौं । गत असोज ३ गते जारी भएको नेपालको संविधानको प्रति विश्वको सर्बोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ ।

झापाका अनिस लुइटेलले सगरमाथाको सफल आरोहण गर्नै नयाँ संविधानको प्रति सगरमाथाको शिखरमा पुर्‍याएका हुन् । साथै सगरमाथाको चुचूरोमा पहिलो पटक स्काउटको झण्डा फहराएको छ ।

नेपाल स्काउटका सदस्य समेत रहेका लुइटेल गत जेठ ८ गते विहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए । सगरमाथामा स्काउटको झण्डा फहराएर मंगलवार काठमाडौं फर्किएका अनिशलाई नेपाल स्काउटले स्वागत तथा सम्मान गरेको छ ।

पहिलो पटक स्काउटको झण्डा सगरमाथामा फहराउनु गौरवको कुरा भएकाले उनको सम्मान गरिएको नेपाल स्काउटका सदस्य सचिव लोकवहादुर भण्डारीले बताए ।

लैनचौरस्थित नेपाल स्काउटको कार्यालयमा अनिशलाई स्वागत र सम्मान गर्न स्काउट पदाधिकारीका साथै शुभचिन्तकहरु पुगेका थिए । एशियन ट्रेकबाट १८ जनाको टोलीसहित अनिश सगरमाथाको शिखरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment