Comments Add Comment

प्रधानमन्त्रीले मधेसी मोर्चालाई पत्र पठाउनु सकारात्मकः राजेन्द्र महतो

Rajendra-Mahato

११ जेठ, काठमाडौं । प्रधानमन्त्रीले मधेसी मोर्चालाई सम्बोधन गरेर पत्र लेख्नु सकारात्मक भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।

मोर्चाकै केही नेताले गठबन्धनलाई पत्र नपठाई मोर्चालाई पठाएर फुटाउ र राज गरको नीति लिएको आरोप लगाइरहेका बेला महतोले त्यसको खण्डन गरे ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चाका नेता महतोले भने, मधेसी मोर्चाको आफ्नो अस्तित्व छ । गठबन्धनको निर्माण हुँदैमा मोर्चा सकिएको छैन । उसलाई संबोधन गरेर पत्र लेख्नु सकारात्मक हो ।’

यद्यपि प्रधानमन्त्रीको पत्र ‘खोदा पहाड निक्ला चुहा’ भने जस्तै भएको उनले टिप्पणी गरे । उनले केही दिनमै मधेसी मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको पत्रको उपयुक्त जवाफ दिने बताए ।

सद्भावना पार्टीका अध्यक्ष महतोले संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधानसभा जन्माउने काम गर्न नहुने बताए । उनले भने, ‘संविधानमा जुन जुन धारामा गल्ती भएको छ । त्यसलाई संशोधन गर्ने भनेको हो ।’

संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखनको प्रतिबद्धता नआएसम्म वार्ता नगर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको बेला गठवन्धनकै एक घटक सद्भावनाका अध्यक्ष महतोले पुर्नलेखन आवश्यक नभएको बताए ।

यद्यपि मधेस आन्दोलनको क्रममा मृत्यु भएकालाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, झुठा मुद्दा फिर्ता लगायतका ११ बुँदे मागबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरे मात्र वार्ता गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment