Comments Add Comment

पत्नीका लागि सेकेण्ड हृयाण्ड कार किने बेलायती प्रधानमन्त्रीले

david_cameron

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नी पत्नीका लागि एउटा सेकेण्ड हृयाण्ड कार किनेका छन् ।

यस निसान माइक्रा कार उनले १४९५ पाउण्ड अर्थात करिव २ लाख रुपैयाँमा खरिद गरेका हुन् । प्रधानमन्त्रीलाई यो कार ४४ बर्षीय सेल्सम्यान इयान हृयारिसले बेचेका हुन् ।

सेल्सम्यान हृयारिसले भने कि जव प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो तव उनी लगायत उनका साथीहरुलाई कसैले मजाक गरिरहेको जस्तो लागेको थियो । तर प्रधानमन्त्रीले यस कारलाई १४९५ पाउण्ड तिरेर किनेका छन् ।

उनका अनुसार यो निलो रंगको कार कंजरभेटिभ पार्टीका नेता क्यामरुनका लागि एकदमै सुहाउँछ । सेल्सम्यान हृयारिसले हाँस्दै भने कि भाग्यबस यो कारको रंग रातो थिएन, बेलायतको लेवर पार्टीको रंग पनि रातो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment